- संगालोखबर सम्वाददाता

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्ररुङमा हेलिकप्टर दुर्घटनामा भएको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको सिम्रिक एयरको हेलिकप्टर दिउँसो करिब १ बजे सिप्ररुङको हम्मरेडाँडामा दुर्घटना भएको हो ।

सिप्ररुङमा हेलिकप्टर खसेको जानकारी आएपछि प्रहरी टोली त्यसतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक सरोज खनालले संगालोखबरलाई जानकारी दिए । उद्धारका लागि थप दुई वटा हेलिकप्टर त्यसतर्फ पठाइएको छ ।

पाइलट सुरेन्द्र पौडेलले हेलिकप्टर उडाएका थिए । विद्युत्का सामग्री झुन्ड्याएर लैजाँदै गरेको अवस्थामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको बताइएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

अपडेटः पाइलटसहित दुई जनाको अवस्था गम्भीर, उपचारका लागि काठमाडौं पठाइयो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!