हिमाली तोक्पेगोलाले जित्यो ताप्लेजुङमा सम्पन्न क्लब स्तरीय फुटबलको उपाधि
ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा थलङमा सम्पन्न क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि हिमाली तोक्पेगोला पापुङले जितेको छ ।
आज भएको फाइनल खेलमा यातायात व्यवसायी सङ्घ ताप्लेजुङलाई २–३ गोल अन्तरले हराउँदै पापुङले उपाधि जितेको हो । विजेता टोलीले एक लाख एक हजार एक सय ११ नगद र उपविजेताले ६१ हजार नगदसहित ट्रफी पाए ।
खेलकुद क्षेत्रको विकाससँगै मिक्वाखोला रहेको फुङ्फुङे झरनासह...





























