संगालोखबर


विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनीको सम्पूर्ण उपचारको जिम्मा तीनै तहको सरकारले लिनुपर्ने बताएका छन् ।

आज एक भिडियो जारी गर्दै सदस्य सचिव बस्नेतले लोहनीको निःशुल्क उपचारका लागि तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै सम्पूर्ण उपचार निशुल्क हुनुपर्ने बताएका हुन् ।

Advertisement

कोशी प्रदेश क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लोहनीको उपचारमा तीनै तहको सरकार उदासिन हुँदा खेलक्षेत्र निरास भएको बस्नेतको भनाइ छ ।

‘क्रिकेटको माध्यमबाट संसारमा नेपालको नाम संसारमा चिनाउँदै आउनुभएका लोहनीले उपचारमा सहयोग नपाउनु दुःखद अवस्था हो’, बस्नेतले भनेका छन्, ‘राष्ट्रको गौरवको रूपमा रहेको खेलाडीले नै उपचारका लागि यति संघर्ष गर्नुपर्दा सम्पूर्ण खेलक्षेत्र निरास र खेल क्षेत्रमा भविष्य छैन् भन्ने सन्देश गएको छ ।’

बस्नेतले भिडियो मार्फत प्रधानमन्त्री, युवा तथा खेलकुद मन्त्री , स्वास्थ्य मन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई सम्बोधन गर्दै लोहनीको यथाशीघ्र निशुल्क उपचारका लागि आग्रह गरेका छन् । उनलाई पुनः मैदानमा फर्काउन पहलकदमी लिन समेत बस्नेतले अनुरोध गरेका छन् ।

सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी-२० राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशका कप्तानी गर्दै गण्डकी प्रदेशविरुद्ध फिल्डिङ गर्ने क्रममा लोहनी घाइते भएका थिए । उनको अहिलेसम्म पाँचौ पटक शल्यक्रिया भइसकेको छ ।

उनी छैटौँ शल्यक्रियाको लागि भारतमा छन् भने उपचारको क्रममा २० लाख खर्च भइसकेको छ । जसमा नेपाल क्रिकेट सङ्घ (क्यान) बाट एक लाख मात्रै सहयोग प्राप्त भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!