संगालोखबर


विराटनगर । विराटनगरमा क्रिकेटको शून्य लेभल अम्पायर तथा स्कोरर तालिम सञ्चालन भएको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालिममा कोशीका ११ जिल्लाबाट ३५ जना सहभागि  थिए ।

धनकुटा, संखुवासभा, मोरङ, सुनसरी, ओखलढुंगा, उदयपुर, खोटाङ, झापा, ताप्लेजुङ, पाँचथर र भोजपुर जिल्लाका प्रतिनिधिहरू तालिममा सहभागि थिए ।

Advertisement

वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर बुद्धि प्रधानले प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षण दिएका थिए । क्रिकेटका नियम, आधुनिक स्कोरिङ प्रणाली र निर्णय क्षमताको विकास लगायतका विषयहरू समेटिएका थिए ।

सहभागीहरूले अम्पायर र स्कोररको भूमिकाबारे व्यवहारिक ज्ञान लिँदै स्थानीयदेखि प्रदेशस्तरका खेलमा जिम्मेवारी निर्वाह गर्ने क्षमताको विकास गरेका छन ।

तालिमको अन्तिम दिन आइतबार सहभागीहरूले लिखित तथा व्यवहारिक परीक्षा दिएका थिए । तालिममा सहभागीहरूले प्रमाणपत्र प्राप्त गर्नुका साथै क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरूमा जिम्मेवारी लिन सक्ने तयारी गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!