कोशी प्रदेश खेलकुद विकास बोर्डको अन्तर प्रदेश भ्रमणमा अनुभव आदान-प्रदान
विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको खेलकुद सम्बन्धी अन्तर प्रदेश भ्रमणमा आदन-प्रदान साटासाट भएको छ । गण्डकी, बागमती र मधेश प्रदेशका समकक्षी बोर्ड र परिषद्को भ्रमण गर्दै बोर्डले अनुभव साटासाट गरेको हो ।
अनुभव आदान-प्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले नेपाल सरकारको नाममा रहेको खेलकुद संरचना प्रदेश मातहत ल्याउने तयारी गरेको बताए । उनले परिषद्ले...































