सरस्वती स्कुलले जित्यो अन्तर स्कुल क्रिकेटको उपाधि

सरस्वती स्कुलले जित्यो अन्तर स्कुल क्रिकेटको उपाधि

विराटनगर । आठौँ विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि सरस्वती स्कुलले जितेको छ । जहदा क्रिकेट क्लबको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्किड स्कुललाई ७ विकेटले पराजित गर्दै सरस्वतीले उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरमा १८ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो । अर्किडका लागि अभय कामतले सर्वा...
प्रथम कोशी प्रदेश खेलकुद महोत्सव उद्‌घाटन

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव उद्‌घाटन

विराटनगर । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रथम कोशी प्रदेश खेलकुद महोत्सवको उद्‌घाटन गरेका छन् । आज विराटनगर स्थित सहिद रंगशालामा सभामुख विष्टले महोत्सवको उद्‌घाटन गरेका हुन् । उद्‌घाटन सत्रमा बोल्दै सभामुख विष्टले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न विद्यालय स्तरबाटै लाग्नुपर्ने उल्लेख गरे । विष्टले निरन्तरको खेलकुद गतिविधिले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त ग...
कोशी खेलकुद महोत्सव : पुरुष सय मिटर दौडमा मण्डल र महिलामा रिजाल प्रथम

कोशी खेलकुद महोत्सव : पुरुष सय मिटर दौडमा मण्डल र महिलामा रिजाल प्रथम

विराटनगर । कोशी प्रदेश खेलकुद महोत्सवको पहिलो दिन एथलेटिक्स विधा अन्तर्गत पुरुष सय मिटर दौडमा सुजन मण्डल प्रथम भएका छन् । आज विराटनगरको सहिद रंगशालामा भएको सय मिटर दौड ११.४० सेकेन्डमा पूरा गर्दै मण्डल प्रथम भएका हुन् । सुमित गच्छदार दोस्रो हुँदा सन्तोष कुमार सहनी तेस्रो भए । गच्छदारले ११.७० सेकेन्ड र सहनीले १२.१० सेकेन्डमा दौड पूरा गरे । सय मिटर महिलातर्फ बिनिसा रिजाल प्रथम भइन् । उनले १३.४० स...
कोशी खेलकुद महोत्सव : पुरुष दौडमा तेह्रथुमका लिम्बू र महिलामा खोटाङकी बस्नेत प्रथम 

कोशी खेलकुद महोत्सव : पुरुष दौडमा तेह्रथुमका लिम्बू र महिलामा खोटाङकी बस्नेत प्रथम 

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तरगत पाँच किलोमिटर पुरुष तथा महिला दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सरोज लिम्बु र महिलातर्फ खोटाङकी दिपा बस्नेत प्रथम भएका छन् । लिम्बूले १५ मिनेट ४४ सेकेन्डमा पाँच किलोमिटर पूरा गरेका थिए । पाँचथरका ओसन राईले १५ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गर्दा ताप्लेजुङका अमिर लिम्बूले १६ मिनेट ११ सेकेन्डमा...
कोशी प्रदेशको खेलकुदलाई चलायमान राख्न ‘खेलकुद महोत्सव’

कोशी प्रदेशको खेलकुदलाई चलायमान राख्न ‘खेलकुद महोत्सव’

विराटनगर । कोशी प्रदेशमा पहिलोपटक खेलकुद महोत्सव हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आगामी फागुन १३ देखि १८ गतेसम्म प्रथम संस्करणको कोशी प्रदेश खेलकुद महोत्सव आयोजना गर्न लागेको हो । बोर्डले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेशका १४ जिल्लाका खेलाडीहरू सहभागी हुने महोत्सवमा एथलेटिक्स, कबड्डी, डोरीतान, सफ्ट टेनिस, कराते, तेक्वान्दो, बुद्धिचाल, बाघचाल, महिला फुटबल, महिला भलिबल र ट...
महिला च्याम्पियनसिप : लिग चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग खेल्दै

महिला च्याम्पियनसिप : लिग चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग खेल्दै

विराटनगर । चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको लिग चरणमा नेपालले म्यानमारसँग खेल्दैछ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज साँझ ६ बजेबाट खेल सुरु हुनेछ । अन्तिम खेल अघि नै नेपाल र म्यानमार फाइनलमा पुगिसकेका छन् । नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई समान एक गोलले हराउँदै फाइनलमा पुगेको हो । म्यानमारले पहिलो खेलमा लेबनानलाई ३-१ गोलले र दोस्रो खेलमा किर्गिस्तानल...
रात्रिकालीन विराट गोल्डकप : उद्‌घाटन खेलमा आर्मी र कोलकाता भिड्ने

रात्रिकालीन विराट गोल्डकप : उद्‌घाटन खेलमा आर्मी र कोलकाता भिड्ने

विराटनगर । आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना हुन लागेको नवौं संस्करणको रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजानिक भएको छ । खेल तालिका अनुसार उद्‌घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र पाहुना टोली भारत कोलकाताको साउथर्न समिति फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो खेलमा फागुन २० गते सशस्त्र प्रहरी बल (एपीएफ) र सुदेभा दिल्ली फुटबल क्बल भारतबीच खेल हु...
झापामा मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिता हुँदै 

झापामा मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिता हुँदै 

विराटनगर । नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीको आयोजना मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता फागुन ११ देखि १६ गतेसम्म झापाको दमकमा हुने भएको हो । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव तथा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) ले प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता र प्रतिभा देखाउने अवसर प्रदान गर्ने बताए । महासङ्घ क...
विराट गोल्डकप फागुन १९ देखि, कुन-कुन टिम सहभागी हुँदैछन् ? 

विराट गोल्डकप फागुन १९ देखि, कुन-कुन टिम सहभागी हुँदैछन् ? 

विराटनगर । विराट गोल्डकपको नवौँ संस्करण फागुन १९ देखि २८ गतेसम्म हुने भएको छ । ‘विराटनगरको साथ फुटबलको विकास’ भन्ने मूल नाराका साथ प्रतियोगिता हुन लागेको हो । आयोजकले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा भारतका दुई र नेपालका आठ सहित १० टिमले सहभागिता जनाउने जानकारी दिएको छ । भारतबाट साउथर्न समिति फुटबल क्लब कोलकाता र सुदेभा दिल्ली फुटबल क्लब सहभागि हुनेछन् । नेपालका थ्री स्टार, नेपा...
कोशी प्रदेश स्तरीय खेल महोत्सव हुँदै

कोशी प्रदेश स्तरीय खेल महोत्सव हुँदै

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले कोशी प्रदेश खेल महोत्सव-२०८१ आयोजना गर्ने भएको छ । आज बसेको २६ औं बैठकले विराटनगरमा फागुन १३ देखि १८ गतेसम्म खेल महोत्सव गर्ने निर्णय गरेको हो । सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले महोत्सवमा प्रदेश स्तरीय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले जानकारी दिए । महोत...
इन्टरनेशनल क्लबलाई जितपुर भलिबलको उपाधि

इन्टरनेशनल क्लबलाई जितपुर भलिबलको उपाधि

धनकुटा । धनकुटा महालक्ष्मी नगरपालिका-७ जीतपुरमा भएको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी इन्टरनेशनलले जितेको छ । आज वसन्त पञ्चमीको अवसरमा जनता माध्यमिक बिद्यालयको खेलमैदानमा भएको खेलमा ग्लोबल युवा क्लबलाई हराउदै इन्टरनेशनल क्लबले उपाधि जितेको हो । स्थानीय विद्यालयसँगको खेलमा इन्टरनेशनलले ग्लोवललाई ३-२ को सेटले हराएको छ । भलिबल प्रतियोगिताको विजेता टिमले नगद दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ...
प्याब्सन स्पोर्ट्स मिट : एभरेष्ट स्कुल र पूर्वाञ्चल एकेडेमीलाई उपाधि

प्याब्सन स्पोर्ट्स मिट : एभरेष्ट स्कुल र पूर्वाञ्चल एकेडेमीलाई उपाधि

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैँचा नगरपालिका-६ दुलारीको पूर्वाञ्चल एकेडेमीले जितेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राति सम्पन्न प्रतियोगितामा उच्च मावि (सिनियरतर्फ) एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ काश्य प्राप्त गर्दै उपाधि जितेको हो । यस्तै कक्षा १० सम्मको जुनियरतर्फ पूर्वाञ्चल एकेडे...
कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु

विराटनगर । कोशी प्रदेश (आइटिएफ) तेक्वान्दो सङ्घको आयोजनामा कोशी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता विराटनगरमा सुरु भएको छ । आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतियोगिताको उद्‍घाटन गरेका हुन् । प्रतियोगिता भोलि सम्म सञ्चालन हुनेछ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीका अनुसार प्रतियोगितामा कोशी प्रदेशका ९ जिल्लाका एक सय २७ जना खेलाडीहरूले विभिन्न उमेर ...
प्याब्सन स्पोर्ट्स मिट सुरु, तीन हजार विद्यार्थी सहभागि हुने

प्याब्सन स्पोर्ट्स मिट सुरु, तीन हजार विद्यार्थी सहभागि हुने

विराटनगर ।  १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा हिजोदेखि स्पोर्ट्स मिट सुरु भएको हो । स्पोर्ट्स मिटको उद्‌घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले गरेका थिए । पहिलो दिन भएको लङजम छात्रतर्फको फाइलनमा बालप्रतिभा सेकेन्डरी स्कुलका आकाश राई प्रथम भए । त्यसैगरी जनक मेमोरियल स्कुलका जोसेफ चौधरी द...
हिसान फुटबल : छात्रतर्फ कान्तिपुर र छात्रातर्फ रेड स्टारलाई उपाधि

हिसान फुटबल : छात्रतर्फ कान्तिपुर र छात्रातर्फ रेड स्टारलाई उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय सङ्घ (हिसान) मोरङले आयोजना गरेको खेल सप्ताह अन्तरगत फुटबलमा दुई विद्यालयले उपाधि हात पारेका छन् । विराटनगरको सहिद रङ्गशालामा सम्पन्न खेलमा छात्रतर्फ विराटनगरको कान्तिपुर माध्यमिक विद्यालय र छात्रातर्फ पथरी शनिश्चरेको रेड स्टार माध्यमिक विद्यालयले उपाधि जितेका हुन् । कान्तिपुरले फाइनलमा रेड स्टारलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । दोस्रो हापको १४ औं मि...
अन्तर्राष्ट्रिय करातेमा शिल्पा श्रेष्ठले जितिन् दुई स्वर्ण पदक

अन्तर्राष्ट्रिय करातेमा शिल्पा श्रेष्ठले जितिन् दुई स्वर्ण पदक

विराटनगर । भारतको विहारमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शिल्ला श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । १३ वर्षीया श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै दुई विधामा प्रतिस्पर्धा गरेर दुई स्वर्ण पदक जितेकी हुन् । प्रशिक्षक सागर राउतका अनुसार उनले जुनियर कुमुते विधाको ३५ किलो तौल समुह र काता विधामा प्रतिस्पर्धा गरेकी थिइन् ।
माघ १० गतेदेखि हिसान मोरङको खेल सप्ताह 

माघ १० गतेदेखि हिसान मोरङको खेल सप्ताह 

विराटनगर । उच्च माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आगामी माघ १० गतेदेखि खेल सप्ताह आयोजना गर्ने भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै हिसानले खेल सप्ताहका बारेमा जानकारी गराएको हो । माघ १० गतेदेखि सुरु भएको खेल सप्ताह १६ गतेसम्म सञ्चालन हुने छ । गतवर्षबाट साबिकमा सञ्चालन गर्दै आएको बाहेक महिला फूटबल र कबड्डी थप गरेर गर्विलो सुरुवात गरिएको मोरङ हिसानका अध्यक्ष अमित ढकालले बताए । खेल सप...
बैजनाथपुर र प्रादेशिक रंगशाला संरक्षण समितिको जिम्मेवारी तोकियो

बैजनाथपुर र प्रादेशिक रंगशाला संरक्षण समितिको जिम्मेवारी तोकियो

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगर-१९ मा रहेको बैजनाथपुर क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको संयोजक मनोनयन गरेको छ । खेलकुद विकास बोर्डको २३ औं बैठकले प्रदिपकुमार भगत थारूलाई मनोनयन गरेको हो । बोर्ड बैठकले क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको सदस्य पदमा विराटनगर-१९ का वडाध्यक्ष श्याम घिमिरे, राष्ट्रिय तेक्वान्दो संघका कोशी प्रदेश अध्यक्ष मनोज विक्रम शाह, अ...
अन्तर्राष्ट्रिय करातेमा इटहरीका आयुशलाई दुई स्वर्ण पदक

अन्तर्राष्ट्रिय करातेमा इटहरीका आयुशलाई दुई स्वर्ण पदक

विराटनगर । भारतको विहारमा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सुनसरीको इटहरीका आयुश कटवालले दुई स्वर्ण पदक जितेका छन् । यू-१८ उमेर समूह र कुमुते विधाको ४५ किलो तौल समुहमा प्रतिस्पर्धा गरेर उनले दुई स्वर्ण पदक जितेका हुन् ।  नेपालको प्रतिनिधित्व गर्दै उमेर समूह र कुमुते विधामा प्रतिस्पर्धा गरेर उनले स्वर्ण पदक जितेका प्रशिक्षक सागर राउतले जानकारी दिए । 
नेपालले स्कटल्याण्डलाई दियो ७४ रनको लक्ष्य

नेपालले स्कटल्याण्डलाई दियो ७४ रनको लक्ष्य

विराटनगर । आईसीसी यू-१९ महिला टी २० विश्वकप क्रिकेटमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै ७३ रन बनाउन सक्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
खेलकुद महासङ्घ मोरङको अध्यक्षमा राय निर्वाचित

खेलकुद महासङ्घ मोरङको अध्यक्षमा राय निर्वाचित

विराटनगर । नेपाल खेलकुद महासङ्घ मोरङ जिल्ला कमिटीको अध्यक्षमा शीतल राय निर्वाचित भएका छन् । विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न महासङ्घको दोस्रो जिल्ला अधिवेशनबाट राय निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । २९ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा रिक्की रानामगर (प्रभाकर) र नवीन थापा निर्वाचित भए । यसैगरी सचिवमा सागर केसी, सह-सचिवमा इन्दु बाँस्कोटा र मेनका ठाकुर निर्वाचित हुँदा कोषाध्...
इन्डो-नेपाल रोलर स्केटिङ्ग च्याम्पियनसिपमा नेपाल प्रथम

इन्डो-नेपाल रोलर स्केटिङ्ग च्याम्पियनसिपमा नेपाल प्रथम

विराटनगर । १० औँ इन्डो-नेपाल रोलर स्केटिङ्ग च्याम्पियनसिप २०२५ मा नेपाल प्रथम भएको छ । विराटनगरको दिल्ली पब्लिक स्कुलमा भएको प्रतियोगितामा भारतलाई हराउँदै नेपाल प्रथम भएको हो । प्रतियोगितामा भारतको हिमाचल, गुजरात, राजस्थान, महाराष्ट्र र उत्तर प्रदेशका २२ जना छात्र-छात्रा खेलाडीहरू समावेश थिए । नेपालको तर्फबाट विराटनगरका पाँच विद्यालयका ५६ जना छात्र-छात्रा खेलाडीहरू सहभागि थिए । विभिन्न उमेर ...
नेपाल प्रहरी रानी विराटनगरलाई त्रिवेणी कप भलिबलको उपाधि 

नेपाल प्रहरी रानी विराटनगरलाई त्रिवेणी कप भलिबलको उपाधि 

धनकुटा । नेपाल प्रहरी रानी विराटनगरले दोस्रो त्रिवेणी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । धनकुटाको चौबिसे गाउँपालिकाको हंसमोरङमा त्रिवेणी खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा कोशी प्रदेश ट्रेनिङ सेन्टरलाई पराजित गर्दै प्रहरीले उपाधि जितेको हो । फाइनलमा प्रहरीले ट्रेनिङ सेन्टरलाई २६-२४, २५-२२ र २५-२३ को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । विजेता हुँदै नेपाल प्रहरी रानी विरा...
धनकुटाको राजारानीमा चौबिसे रनिङ कप फुटबल हुने

धनकुटाको राजारानीमा चौबिसे रनिङ कप फुटबल हुने

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकामा खुला पुरुष तथा महिला छैटौँ रनिङ चौबिसे कप फुटबल प्रतियोगिता हुने भएको छ । आज आयोजक चौबिसे गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी दिएको हो । चौबिसे गाउँपालिका-२, मुढेबास स्थित त्रिवेणी खेल मैदानमा आगामी माघ १ देखि ४ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा चौबिसे गाउँपालिका भित्रका पुरुष र महिलाको ८/८ टिमको सहभागी हु...
कोशी खेलकुद बोर्डले गर्यो तेह्रथुममा खेलकुद संरचनाको अनुगमन

कोशी खेलकुद बोर्डले गर्यो तेह्रथुममा खेलकुद संरचनाको अनुगमन

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले तेह्रथुम जिल्ला स्थित खेलकुद संरचना तथा बोर्ड मातहत कार्यालयको अनुगमन तथा निरीक्षण गरेको छ ।कोशी प्रदेशका विभिन्न जिल्लामा रहेका खेलकुद संरचनाको अभिलेखन तयारीमा लागेको  बोर्डले तेह्रथुम पुगेर अनुगम गरेको हो । बोर्डका सदस्य सचिव कृष्ण बस्नेतको नेतृत्वमा रहेको टोलीले जिल्लामा रहेका फुटबल मैदान र रङ्गशाला, निर्माणाधीन कभर्ड हल तथा जिल्ला खेलकुद विकास समि...
चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकपको उपाधि

चर्च ब्वाइजलाई फाल्गुनन्द गोल्डकपको उपाधि

पाँचथर । पाँचथरको फिदिममा सञ्चालित फाल्गुनन्द गोल्डकप फुटबलको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँलाई ट्राइबेकरमा ५-४ गोलअन्तरले हराउँदै चर्च ब्वाइजले उपाधि जितेको हो । निर्धारित समयमा दुबै टिम २/२ गोलको बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज...
ताप्लेजुङमा माघेनी मेला विशेष फुटबल प्रतियोगिता 

ताप्लेजुङमा माघेनी मेला विशेष फुटबल प्रतियोगिता 

ताप्लेजुङ । ताप्लेजुङमा माघेनी मेलाको अवसरमा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आठराई त्रिवेणी गाउँपालिका-४ चाँगेमा आँपपानी युवा क्लबको आयोजनामा अन्तर क्लबस्तरीय प्रतियोगिता हुने भएको हो । आयोजकले सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै पुस २५ गतेदेखि माघ १ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाएको छ । प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ । प्रतियोगिताको विजेता टो...
फाल्गुनन्द गोल्डकप : फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्ने

फाल्गुनन्द गोल्डकप : फाइनलमा मच्छिन्द्र र चर्च ब्वाइज भिड्ने

पाँचथर । मच्छिन्द्र फुटबल क्लब पाँचथरमा जारी एघारौँ फाल्गुनन्द गोल्डकपको फाइनलमा पुगेको छ । न्यू रोड टिम (एनआरटी) लाई १–० गोलले हराउँदै मच्छिन्द्र फाइनलमा पुगेको हो । मच्छिन्द्रले भोलि चर्च ब्वाइज युनाइटेडसँग फाइनल खेल खेल्नेछ । मच्छिन्द्रका लागि खेलको १० औँ मिनेटमा दयानन्द इङलाबाङले गरेको गोल नै निर्णायक बनेको थियो । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगितामा विजेता टोलीले नगद १० लाख ...
चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

पाँचथर । चर्च ब्वाइज युनाइटेड फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । पाँचथर सदरमुकाम फिदिममा जारी गोल्डकपमा विराटनगर सिटी फुटबल क्लबलाई ७-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनल पुगेको हो । चर्च ब्वाइजका समीर तामाङ र विदेशी खेलाडी अरमान्डले ह्याट्रिक गरे । यस्तै फोफोनाले एक गोल गरे । विराटनगरका लागि सुमन चौलागाईँले सान्त्वना गोल गरे । चर्च ब्वाइजले भोलि हुने पहिलो सेमिफाइनलमा आयो...
एबीले जित्यो विराटनगर फुटसल लिगको उपाधि

एबीले जित्यो विराटनगर फुटसल लिगको उपाधि

विराटनगर । एबी ५ एफसीले विराटनगरमा सम्पन्न विराटनगर फुटसल लिगको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा स्टार बोइज एफसीलाई ३-२ गोलले पराजित गर्दै एवीले उपाधि जितेको हो । खेलमा एबीले उत्कृष्ट प्रदर्शन गर्दै स्टार बोइज एफसीमाथि रोमाञ्चक जित निकाल्यो । उपाधिसँगै एबीले नगद ४० हजार हात पारेको छ भने उपविजेता स्टार बोइज एफसीले २० हजारमा चित्त बुझाएको छ । हिमेश पौडेल प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भ...
मच्छिन्द्र फुटबल क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश

मच्छिन्द्र फुटबल क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश

पाँचथर । काठमाडौंको मच्छिन्द्र फुटबल क्लब पाँचथरमा जारी ११ औँ संस्करणको फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न क्वाटरफाइनल चरणको दोस्रो खेलमा सुनसरीको न्यू स्टार क्लबलाई ६-२ गोलअन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनलमा पुगेको हो । मच्छिन्द्र झापा-११ लाई हराएर क्वार्टरफाइनलमा पुगेको थियो । सुनसरी समुह ‘ख’ बाट वाई पाएर सिधै क्वार्टरफाइनलमा खेलेको हो । प्रतियोगिता पुस १५ गत...
error: Content is protected !!