संगालोखबर


विराटनगर । मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्बलले विजयी सुरुवात गरेको छ । विराटनगरको बैजनाथपुर जारी तेस्रो संस्करणको प्रतियोगितामा कोशीलाई ९७ रनले पराजित गर्दै आसामले विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको आसामले ४७.३ बलमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो । जितका लागि २१० रनको लक्ष्य पाएको कोशीले ३७.२ बलमा सबै विकेट गुमाउँदै ११२ रन मात्रै बनाउन सक्यो ।

Advertisement

आसामका प्लेयर अफ द म्याच कप्तान गोकुल शर्माले ९९ बलमा २ छक्का र ७ चौका प्रहार गर्दै ७८ रन बनाउँदा अरुण सोनारले ५१ रन, केभिन सञ्जीव क्रिस्टोफरले १५ तथा अमित सिंहाले १२ रनको योगदान दिए । कोशीका प्रेम कामतले १० ओभरमा ३ मेडन राख्दै ४ विकेट लिँदा विपिनकुमार महतो र भुपाल लुइँटेलले २-२ विकेट लिए ।

कोशीका पुछारका ब्याटर विपिनकुमार महतोले १५ रन बनाउँदा यस भट्टराईले पनि १५ रन जोडे । त्यस्तै ओपनर ब्याटर चिराग कबहले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । आसामका टपनकुमार शर्माले ३ विकेट लिँदा कप्तान गोकसल शर्माले पनि ३ विकेट लिए ।

समूह ‘बी’ अन्तरगत आजको दोस्रो खेलमा पराजित भएसँगै कोशीको फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । मंगलबार नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गरेको कोशीले आज कमजोर प्रदर्शन गरेको थियो ।

आसामले पहिलो खेलमै जित निकाल्दै दुई अङ्क जोडेको छ भने एकमा जित र एकमा पराजित हुँदै कोशीले पनि दुई अङ्क जोडेको छ । बिहीबार आसामले पुलिससँग प्रतिस्पर्धा गर्ने छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!