संगालोखबर


विराटनगर । झापाको गौरादहमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय कुस्ती प्रतियोगिताको उपाधि मोरङले जितेको छ । गौरादह कभर्ड हलमा भएको प्रतियोगितामा विभिन्न तौल समूहमा ९ पदकसहित मोरङले उपाधि जितेको हो ।

प्रतियोगितामा ५ पदकसहित झापा दोस्रो र ३ पदकसहित सुनसरी तेस्रो भएको छ । प्रतियोगितामा महिलातर्फ मोरङले विभिन्न तौल समूहमा ५ पदक जितेको हो । मोरङका लागि ५० केजी तौलमा चानमुनी हेमरम, ५५ केजीमा सुनिता कुमारी साह, ५७ केजीमा सुप्रिया कार्की, ७२ केजीमा प्राप्ति ठाकुर र ७६ केजी समूहमा सुस्मिता राजवंशीले पदक जिते ।

Advertisement

महिला समूहको ५३ केजी तौल समूहमा सुनसरीकी प्रियंका सरदार, ६२ केजीमा झापाकी प्रतिमा साह, ६५ केजीमा ताप्लेजुङकी ज्योति इवारम प्रथम भए । महिलातर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङकी सुप्रिया कार्की भइन् ।

पुरुषतर्फ ५७ केजी तौल समूहमा झापाका फुर्वा लामा शेर्पा, ६१ केजीमा सुनसरीका नितेश कुमार यादव, ६५ केजीमा मोरङका विकास राजवंशी, ७० केजीमा मोरङका सविन राजवंशी र ७४ केजीमा झापाका सुमन श्रेष्ठ प्रथम भए ।

त्यस्तै पुरुषतर्फ ७९ केजीमा झापाका संगम मुण्डा, ८६ केजीमा दुर्गानन्द यादव, ९२ केजीमा मोरङका जयप्रकाश साह, ९७ केजीमा झापाका रिजन श्रेष्ठ र १२५ केजीमा मोरङका इन्द्र राजवंशी प्रथम भए ।

पुरुषतर्फको उत्कृष्ट खेलाडी झापाका फुर्वा लामा शेर्पा घोषित भएका जिल्ला खेलकुद विकास समिति झापाका कार्यालय प्रमुख विष्णु नेम्वाङले जानकारी दिए ।

प्रतियोगिताको विजयी खेलाडी र टिमलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम), जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त) लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका ४ जिल्लाका खेलाडीहरू सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!