
विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको एम.एम. कप स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ ।
विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ को पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गर्दै कोशीले विजयी सुरुवात गरेको हो । जितसँगै कोशीले दुई अङ्क जोडेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित ५० ओभरमा २९.३ बलमा सबै विकेट गुमाएर ९३ रनको सामान्य योगफल बनायो । कोशीका रूपक बरालले २१ रन बनाउँदा मिनस थापा र सुमन गहतराजले समान १५-१५ रन बनाउनु बाहेक अरु ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।
पुलिसका सुनिल दौल्यानले ८ ओभरमा २५ रन दिएर ५ विकेट लिँदा विपिन कार्की र चित्र विष्टले २-२ विकेट लिए । ९४ रनको सामान्य लक्ष्य पछ्याएको पुलिसले २४.५ बलमा सबै विकेट गुमाउँदै ५६ रनमा सीमित भयो ।
पुलिसका कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् । कोशीको जितमा प्लेयर अफ द म्याच प्रेम कामतले ९ ओभरमा १५ रन दिएर ५ विकेट लिँदा प्रकाश कार्कीले ३ विकेट दिए ।
भोलि समुह ‘बी’ को दोस्रो खेल आयोजक कोशी प्रदेश र भरतको आसाम क्लबबीच हुने आयोजकले जनाएको छ ।

संगालोखबर 













