संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशीका खेलाडीलाई एक लाखसहित सम्मान गर्ने घोषणा गरेका छन् ।

विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको खेलाडी बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रथम हुने खेलाडी र टिम स्पर्धामा प्रथम हुने टिमलाई एक लाख नगदसहित प्रशिक्षक तथा व्यवस्थापकलाई उचित सम्मान गर्ने घोषणा गरेका हुन् ।

Advertisement

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले खेलकुदलाई महत्व दिँदै सरकारको नीति तथा कार्यक्रममा आन्तरिक र बाह्य खेल प्रतियोगिता तथा अभ्यास गर्ने गरि ‘कोशी प्रदेश खेलग्राम’ निर्माणको योजना र तयारी गरेको बताए ।

उनले प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वमा पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैँचा नगरपालिकाको सहकार्यमा खेलग्राम निर्माण हुने उल्लेख गरे । बिदाई कार्यक्रममा बोल्दै प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईले मौसमको प्रतिकूलता र छोटो समयको सूचना र अन्योलको बाबजुद खेलाडी छनोट गर्न सफल भएको भन्दै खेलाडी तथा सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गरे ।

मन्त्री राईले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई महत्वपूर्ण क्षेत्रको रूपमा लिएको भन्दै खेलाडीहरूलाई निर्धक्क भएर खेल्न आग्रह गरे । खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेलाडीलाई प्रोत्साहन, सम्मान र सम्मानजनक वातावरणमा खेल खेल्ने माहोल उपलब्ध गराउने उद्देश्यका साथ बोर्डले गतिविधि गरिरहेको बताए ।

बस्नेतले गतवर्षजस्तै यस पटक पनि राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट  प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक लगायतलाई सम्मान गर्ने योजना रहेको जानकारी दिए ।

बस्नेतका अनुसार जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरेर एक सय १५ जनाको सहभागिता रहनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!