विराटनगर । विराटनगरमा कोशी प्रदेश स्तरीय जुडो प्रतियोगिता हुने भएको छ । विराट कोशी जुडो क्लबको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा जेठ २६ र २७ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता विराटनगर स्थित सहिद रङ्गशालाको कभर्ड हलमा हुने जनाएको छ । जुडो खेलमा नयाँ प्रतिभाहरूको क्षमता अभिवृद्धि तथा जुडो खेलप्रतिको आकर्षण वृद्धि गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको संयोजक बिना बस्नेतले बताइन् ।

Advertisement

विभिन्न तौल समूहको स्पर्धामा कोशी प्रदेशका १४ जिल्लाबाट खेलाडी र प्रशिक्षकसहित एक सय ३२ जना सहभागि हुने उनको भनाइ छ ।

आयोजक कमिटीका सदस्य विशाल बानियाँले अन्तर्राष्ट्रिय, ओलम्पिक लगायतमा सहभागि खेलाडी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरिसकेका व्यक्तिहरूलाई सम्मान गर्ने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!