साफ च्याम्पियनसिपलाई महिला फुटबल टोली  घोषणा

साफ च्याम्पियनसिपलाई महिला फुटबल टोली घोषणा

काठमाडौँ, २३ फागुन । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप प्रतियोगिताका लागि २० सदस्यीय राष्ट्रिय महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार टोलीको मुख्य प्रशिक्षक हरि खड्काले बन्द प्रशिक्षणका २३ खेलाडीबाट आज सावित्रा भण्डारीको कप्तानीमा २० खेलाडीको छनोट गर्नुभएको हो । टोलीमा गोलकिपरमा एञ्जिला तेम्वाप्पो सुब्बा, अञ्जना रानामगर, उषानाथ, डिफेण्डरमा हीराकुमारी ...
‘सी’ डिभिजन लिग फुटबल आजदेखि

‘सी’ डिभिजन लिग फुटबल आजदेखि

काठमाडौँ, २२ फागुन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा पाँच क्लब छन् । दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । समूह ‘ए’ मा स्वयम्भू क्लब, कशामदेवी प्लानिङ ब्वाइज ...
घरेलु मैदानमा रियल मड्रिडको लगातार चाैँथाे लज्जास्पद हार

घरेलु मैदानमा रियल मड्रिडको लगातार चाैँथाे लज्जास्पद हार

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत बुधबार बिहान भएको खेलमा रियल मड्रिड ४-१ ले पराजित भएको छ । राउण्ड १६ को दोस्रो लेगमा रियल मड्रिड घरेलु मैदानमा ३ गोलान्तरले पराजित भएको हो । एज्याक्सले यो १६ वर्षको अवधिमा पहिलो सफलता हात पारेको हो । भने मड्रिडको मैदानमा ४-१ को ऐतिहासिक जित निकालेको हो । १६ वर्षमा पहिलो पटक एज्याक्सले पहिलो लेगमा २-१ले लिड गरिराखेको रियलललाई पहिलो क्वार्टर फाइनल पुग्न कम्तिमा...
लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

काठमाडौँ, २१ फागुन । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज यहाँ आयोजना गरेको ‘सिप्यान क्रिकेट अवार्ड’ कार्यक्रममा लामिछाने उत्कृष्ट चुनिँदै ‘वर्ष क्रिकेट खेलाडी’ घोषित भएका हुन् । अवार्ड जित्ने क्रममा लेग स्पिनर लामिछानेले कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारे...
कप्तान खड्कासहित पाँच खेलाडी सिप्यानका लागि मनोनयन

कप्तान खड्कासहित पाँच खेलाडी सिप्यानका लागि मनोनयन

काठमाडौँ, १९ फागुन । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् । पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोनयनमा कप्तान खड्कासहित दिपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामीको नाम (सिप्यान)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सा...
रियल मड्रिड ला लिगामा पनि बार्सिलोनासँग हार्‍याे

रियल मड्रिड ला लिगामा पनि बार्सिलोनासँग हार्‍याे

एजेन्सी । स्पेनीस ला लिगा अन्तर्गत आइतबार बिहान भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । जितसँगै बार्सिलोना रियल भन्दा १२ अंकले शिर्ष स्थानमा पुगेको छ । भने एटलेटिको मड्रिड ५० अंकले दोस्रो स्थानमा रहेको छ । रियलको मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि इवान राकिटिकले गोल गरे । २६ औँ मिनेटमा गरेको इवानको गोल विजयी गोल बन्न पुगेको हो ।यसअघि बुधबार कोपा डेल रेमा बार्सिलोनाले रिय...
नोबेलमा बिद्यार्थीहरुको खेलकुद उत्सव सुरु (भिडियोसहित)

नोबेलमा बिद्यार्थीहरुको खेलकुद उत्सव सुरु (भिडियोसहित)

विराटनगर, १७ फागुन । हरेक बर्ष हुदै आएको ‘नोबेल स्पोर्टस फियस्टा’ शुक्रबारबाट सुरु भएको छ । नोबेल मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले ८ दिने खेलकुद उत्सव सञ्चालन गरेका हुन् । कार्यक्रम उद्घाटन गर्दै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बिद्यार्थीहरुका लागि पढाईसँगै खेलकुदको पनि उत्तिकै महत्व रहेको बताईन् । त्यस्तै नोबेल मेडिकल कलेजका श...
आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

काठमाडौँ, १७ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् । वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो । अघिल्लो महीना पारस ४०औँ स्थ...
कोपा डेल रे: बार्सिलोना ३-०ले विजयी

कोपा डेल रे: बार्सिलोना ३-०ले विजयी

एजेन्सी । कोपा डेल रे फुटबल अन्तर्गत रियल मड्रिड र बार्सिलोनाबीच भएको खेलमा बार्सिलोनाको जित भएको छ । बिहिबार बिहान रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३-०ले विजयी भएको हो । रेपफेल भरान बार्सिलोनाको जितमा लुइस स्वारेज र राफेल भारानले गोल गरे । बार्सिलोनाको जितमा स्वारेजले डबल गोल गरे ।पहिलो हाफ शुन्य स्थितीमा रहेको खेल जित्न बार्सिलोनाले ३ ओटै गोल दोस्रो हाफमा गर्याे । गोलरहित हा...
विश्वकप एशिया छनोट : कुवेतलाई नेपालले हरायो

विश्वकप एशिया छनोट : कुवेतलाई नेपालले हरायो

काठमाडौँ, १५ फागुन । उमन्स टि-२० वल्र्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो । नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ रनको योगदान गरिन् । उनले ४९ बलको सामना गर्दै एक चौका प्रहार गरेकी थिइन् । सुस्त गतिमा...
नेपाल अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

नेपाल अघिल्लो चरण पुग्ने गणितीय सम्भावना मात्र बाँकी

काठमाडौँ, १४ फागुन । अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा नेपाल अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । थाइल्याण्डमा जारी उक्त छनोट प्रतियोगिताको विजेता टोली अघिल्लो चरणमा पुग्नेछ । प्रतियोगितामा पाँच खेल खेलेको नेपालले चार खेलमा जित तथा एउटा खेलमा हार ब्यहोर्दै आठ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा छ । आयोजक थाइल्याण्ड भने पाँचव...
सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

काठमाडौँ, १४ फागुन । नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन् । गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन् । गत सिजन आइपिएलका लागि छनोट भएलगत्तै उनी सिपिएल टिम सेन्ट किट्स एन्ड नाभिस प्याट्रिओट्समा आबद्ध भएका थिए । पाँच हज...
नेपालद्वारा चीन पराजित

नेपालद्वारा चीन पराजित

काठमाडौँ, १३ फागुन । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन बनाएको थियो । अठहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा चीनले २० ओभर खेल्दै ६...
विश्वकप छनोट : नेपाल–चीन भिड्दै

विश्वकप छनोट : नेपाल–चीन भिड्दै

काठमाडौँ, १३ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे शुरु हुने नेपाली टोलीका प्रशिक्षक विनोद दासले जानकारी दिनुभयो । आजको खेलमा चीनलाई पराजित गरे नेपाल विश्वकपको ...
युभेन्टस विजयी

युभेन्टस विजयी

एजेन्सी । इटालियन सिरिए लिगको शीर्ष टोली युभेन्टसले लिगमा अपराजित यात्रा कायमै राखेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले बोलोग्नालाई १–० गोलले हरायो । बोलोग्नाको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्टसका लागि पाउलो डिबालाले ६७औं मिनेटमा गोल गरेका थिए । बोलोग्नाले खेलको अन्तिमसम्म गोल फर्काउने मौका पाएपनि सफल भएन । युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले पनि गोल गर्न...
क्रिकेट : नेपालद्वारा हङकङ पराजित

क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ, १२ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको लिग चरणको खेलमा हङकङले दिएको ६३ रनको सामान्य लक्ष्यलाई नेपालले १८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि अप्सरा बेगमले सर्वाधिक २४...
मलेसियाविरुद्ध नेपालको सहज जित

मलेसियाविरुद्ध नेपालको सहज जित

काठमाडौँ, ७ फागुन । थाइल्यान्डमा जारी आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनभित्र समेटिएपछि नेपालले ३४ रनको जित निकालेको हो । टस जितेको नेपालले पहिलो ब्याटिङ गर्दै एक सय २६ रनको स्कोर खडा गरेको थियो । प्रारम्भिक ब्याट्सउमन सीता राना मगरले नेपालका लागि सर्वाधिक ४२ रन बनाइन् । ...
नेपालद्वारा मलेशियासामु १२७ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा मलेशियासामु १२७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, ७ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनायो । नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुब...
विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

विश्वकप क्वालिफायर : नेपालको लक्ष्य ग्लोबल क्वालिफायर

काठमाडौँ, ६ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । प्रतियोगितामा एशियाका सात राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाइल्याण्डसँगै नेपाल, युएई, मलेशिया, चीन, हङकङ र कुवेतले राउण्ड रोबिन ...
वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलद्वारा सन्यासको घोषणा

वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलद्वारा सन्यासको घोषणा

एजेन्सी । वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । गेलले आगामी मे ३० तारिखदेखि १४ जुलाई सम्म इङ्यान्डमा आयोजना हुने विश्वकप पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरको हुन् । अलराउन्डर गेलको सन्यासको विषयमा वेस्ट इन्डिज क्रिकेट बोर्डले ट्वीट मार्फत सार्वजनिक गरेको हो । ३९ बर्षीय गेलले सन् १९९९ मा भारतविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा ...
हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

हिरो गोल्डकप : उपाधिका लागि नेपाल–म्यान्मा भिड्दै

काठमाडौँ, ३ फागुन । भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ । दक्षिण एशियाली फुटलबमा सधैँ उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समूहचरणमै पराजित गरेपछि नेपालले अन्तिम चरणमा...
अनिश्चयको भुमरीमा आठौँ राष्ट्रिय खेलकूद

अनिश्चयको भुमरीमा आठौँ राष्ट्रिय खेलकूद

काठमाडौँ, २ फागुन । प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठौँ  राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक अघिल्लो साता बस्यो, तर बैठकले मिति घोषणा गर्न सकेन । कार्यकारी समितिको बैठकले प्रतियोगिताका लागि अनुमानित बजेटलाई अन्तिम रूप दिए पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेन । बैठकले प्रतियोगिताका लागि प्रदेश छनोटको ...
ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल भारत एउटै समूहमा

ओलम्पिक दोस्रो चरणको छनोट : नेपाल भारत एउटै समूहमा

काठमाडौँ, २ फागुन । सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको एशिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ । एशियाली फुटलब महासङ्घ (एएफसी)ले बुधबार सार्वजनिक गरेको खेलतालिकाअनुसार दोस्रो चरणमा समूह ‘ए’ मा नेपाल, भारत र म्यान्मासँगै इन्डोनेशिया परेका छन् । यस समूहको सबै खेल आगामी अप्रिल १ देखि ९ सम्म म्यान्मामा हुनेछ । पहिलो चरणमा पनि यी तीनवटै राष्ट्रसहि...
नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

नेपाल उपाधिका लागि म्यान्मासँग भिड्ने

काठमाडौँ, २ फागुन ।  नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा म्यानमा अपराजित रहँदै नौ अङ्कका साथ फाइनल प्रवेश गर्याे । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का गर्याे । नेपालले उपाधिक...
इरानविरुद्ध नेपालको जित

इरानविरुद्ध नेपालको जित

काठमाडौँ, १ फागुन । हिरो महिला गोल्डकप फुटबलमा नेपालले इरानलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा भएको राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल गर्दै जित सुनिश्चित गरेको हो । नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरिन् ...
नेपाल इरान भिड्दै : फाइनल पुग्न इरानलाई जित्नैपर्ने

नेपाल इरान भिड्दै : फाइनल पुग्न इरानलाई जित्नैपर्ने

काठमाडौँ, १ फागुन । भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन अङ्क जोडेको छ । आज इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष दुईमा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा ...
आइसिसी वरियतामा नेपाली खेलाडीको सुधार

आइसिसी वरियतामा नेपाली खेलाडीको सुधार

काठमाडौँ, २८ माघ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आज सार्वजनिक गरेको टी ट्वान्टीको नयाँ वरियतामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले वरियता सुधार गरेका छन् । यसै महीना संयुक्त अरब इमिरेट्स (युएइ) मा सम्पन्न युएइविरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्का व्याटिङतर्फ छ स्थान सुधार गर्दै ९०औँ स्थानमा उक्लेका छन् । अ...
महिला फुटबल : नेपाल–भारत भिड्दै

महिला फुटबल : नेपाल–भारत भिड्दै

काठमाडौँ, २८ माघ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–०...
चौथो भोजपुर ट्रेल रेस फागुन ४ मा

चौथो भोजपुर ट्रेल रेस फागुन ४ मा

भोजपुर, २८ माघ । चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि यहाँ शुरु हुने भएको छ । मीरा राईको जन्मस्थलबाट शुरु हुने ३६ किलोमिटरको दूरीको दौडमा पौवादुङमा गाउँपालिकाको सानोदुङमा माध्यामिक विद्यालयबाट दीर्घेभञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचधारे देउराली हुँदै भोजपुर सदरमुकामको शहीद पार्कमा पुगेर सम्पन्न हुने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेम...
आईसीसीले पठायो २१ क्रिकेटरको २ वर्षको तलब

आईसीसीले पठायो २१ क्रिकेटरको २ वर्षको तलब

काठमाडौँ, २६ माघ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले २१ नेपाली क्रिकेटरको २ वर्षको तलब एकमुष्ट पठाएको छ । राष्ट्रिय खेलकुद परिषद् -राखेप)लाई १ करोड २७ लाख ८७ हजार ७८२ रुपैयाँ पठाएको हो । ‘हामीले खेलाडीहरुसँग सम्झौता गरेर पठाएका थियौं । हिजो मात्र पैसा आएको छ’ राखेप सदस्य सचिव केशव विष्टले भने, ‘खेलाडीहरु धनगढीबाट फर्किएपछि तलब बाँड्छौं ।’ सन् २०१७/१८ मा नेपालका लागि खेलेका क्रिकेटरहरुल...
फिफा वरियतामा नेपाल यथावत

फिफा वरियतामा नेपाल यथावत

काठमाडौँ, २४ माघ । विश्व फुटबल महासङ्घ (फिफा)ले आज आज सार्वजनिक गरेको वरियतामा नेपाल १६१ औँ स्थानमा यथावत नै रहेको छ । नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो । वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ । उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन् । वरियतामा भारत छ स्थान तल झर्दै १०३ औँ स्थानमा पुगेको छ । यसअघि भारत ९७ औँ स्थानमा थियो । त्यस्तै मा...
error: Content is protected !!