धनकुटाका किरण बने आई लिगको गोलकिपर अफ द सिजन
धनकुटा । नेपालको राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले भारतको आई लिगमा फ्यान्स सिजन अवार्ड २०२०/२०२१ अन्तर्गत ‘गोलकिपर अफ द सिजन’ को अवार्ड जितेका छन् ।
भारतको आइ लिगमा राउण्ड ग्लास पन्जाब फुटबल क्लबबाट २०२०/२०२१ को सिजन गोलपोष्ट सम्हालेका चेम्जोङले १४ खेल खेल्दै ७ खेलमा क्लिन सिट राखेका थिए । उनी २०२०/२०२१ को आइ लिग तथा नेपालको फ्रेन्चाइस सुपर लिग एन.एस.एलको समेत सर्वोत्कृष्ट गोलकिपर भएका थिए ...































