संगालोखबर सम्वाददाता


विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा गोर्खा ब्वाइज रुपेन्देहीलाई टाइब्रेकरमा हराउँदै भारतको पन्जाब पुलिस क्वाटरफाइनल प्रवेश गरेको छ । शुक्रबार साँझ भएको खेलमा रुपेन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै भारत क्वारटफाइनल प्रवेश गरेको हो ।

निर्धारित समय र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिम १÷१ गोलको बराबारीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा भारतको तर्फबाट सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरीदेव सिंहले गोल गर्दै टिमलाई बिजयी गराए । रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले गोल गरे । आशिष गुरूङ्गको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए भने अजित गुरूङ्गले गरेको प्रहार पोष्टमा लागेर बाहिरियो ।

Advertisement

खेलको म्याद अफ द म्याच घोषित हुँदै भारतका गोल रक्षक सतवीर सिंहले नगद १० हजार पुरस्कार जितेका छन् । खेलको ८० औं मिनेटमा शक्ति राईले गोल गरि टिमलाई अग्रता दिलाए । लुईस भिदलले निकालिदिएको फ्रीकिक शक्तिले सदुपयोग गरेका थिए ।

दोस्रो हाफमा गोल भएपछि भारत दबाबमा परेको थियो । तर, रुपन्देहीका लागि अग्रताको खुशी लामो समयसम्म टिक्न सकेन । खेलको अन्त्य तिर रुपन्देहीका खेलाडी समालिन नसक्दा ९० औं मिनेटमा भारतका जितेन्द्र सिंहले हेडमार्फत गोल गरि खेल बराबरीमा ल्याए । सरबजीत सिंहले निकालिएको पासलाई जितेन्द्रले हेडमार्फत जाली चुमाए । हरमिन्द्रको ठाउँमा मैदान प्रवेश गरेका जितेन्द्रले दोस्रो हाफपछि गोल गरेपछि खेल बराबरी भएको हो ।

खेलको २२ औं मिनेटमा भारतका सुशिल यादवले फस्ट बार च्यापेर गरेको प्रहार बाहिरियो । खेलको ४१, ७३ र ८९ औं मिनेटमा पनि रुपेन्देहीले गोल गर्ने अवसर पाएकोमा सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको हो । भारतका प्रशिक्षक हरनेक सिंहले खेलाडीहरूले उत्कृष्ट प्रर्दशन गर्दा पनि नजिता टाइब्रेकरमा पर्खिनु परेको प्रतिक्रिया दिदै दोस्रो खेलमा नयाँ रणनिती अपनाएर मैदानमा उत्रने बताए । यता, रुपन्देहीका प्रशिक्षक जगुनाथ खड्काले गोल गर्ने अवसहरु खेर फाल्दा हार बेहोर्नु परेको बताए ।

शनिबार विराटनगर महानगरपालिका ११ र युनाइटेड फुटबल क्लव पश्चिम बंगालबीच खेल हुनेछ । उद्घाटन खेलमा विराटनगर ११ ले पाहुना टोली भारतको सिक्किम युनाइटेड फुटबल क्लबलाई २–१ गोलले हराएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!