दिवेश खड्का


धनकुटा । तेह्रथुमको लालिगुँरास नगरपालिकाको टिमले धनकुटाको सिधुवामा सञ्चालित अन्तर पालिका स्तरीय कर्मचारी फुटबलको उपाधि जितेको छ । सिधुवा खेल मैदानमा आइतवार भएको फाइनल खेलमा तेह्रथुमको छथर शिक्षक टिमलाई ४–० गोल अन्तरले पराजित गर्दै लालिगुँरास नगरपालिकाको कर्मचारी टिमले प्रतियोगिताको उपाधि जितेको हो ।

लालिगुराँसलाई उपाधि दिलाउँन विकास गुरुङले दुई गोल गर्दा बिमल गुरुङ र उमेश लिम्बुले समान एक/एक गोल गरे । उपाधिसँगै लालिगुँरास नगरपालिकाले नगद ३५ हजार ५ सय ५५ प्राप्त गरेको छ भने उप–विजेता शिक्षक टिमले नगद २१ हजार १ सय ११ मा चित्त बुझाएको छ ।

Advertisement

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लालिगुँरास नगरपालिकाका बिमल गुरुङ र सर्वाधिक गोलकर्ता विकास गुरुङ घोषित भए । उनीहरुले जनही पाँच/पाँच हजार नगद पुरस्कार पाएका छन् । बिजयी टिम र खेलाडीहरुलाई छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बु, छथर जोरपाटी ६ का वडाध्यक्ष दिल बहादुर थापा लगायतले पुरस्कृत गरेका छन् ।

छथर जोरपाटी गाउँपालिका आवद्ध कर्मचारी समूहले मंसिर १० गतेदेखि सञ्चालन गरेको प्रतियोगिताको उपाधिका लागि १५ टिमबीच प्रतिष्प्रधा भएको थियो । पालिकाहरुबीच सुमधुर सम्बन्ध कायम गर्न प्रतियोगिता सञ्चालन गरिएको छथर जोरपाटी कर्मचारी समूहका संयोजक दिवस पौडेलले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!