- दिवेश खड्का

धनकुटा । टोकियो ओलम्पिकमा ब्राजिलले स्पेनलाई २–१ ले स्तब्ध बनाउदै पुरुष फुटबलतर्फ स्वर्ण पदक जित्न सफल भएको छ । जापानको राजधानी टोकियोस्थित योकोहामा अन्तर्राष्ट्रिय रंगशालामा आज भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा कुन्हाले पहिलो हाफको अतिरिक्त ३ मिनेटमा गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाएका थिए ।

Advertisement

स्पेनका ओयारजाबलले ६१ मिनेटमा बराबरी गोल गरेपछी खेलको ९० मिनेट बराबरीमा टुङ्गिएको थियो । थप तीस मिनेटको खेलको १०८ औं मिनेटमा बार्सिलोनाका स्टार युवा खेलाडी म्याल्कमले एकल प्रयासमा गोल गर्दै ब्राजिललाई पुरुष फुटबलतर्फ ऐतिहासिक स्वर्ण जिताउन सफल भएका हुन् ।

३८ वर्षीय ड्यानी आल्भेसको कप्तानीमा ब्राजिल मैदान उत्रिएको थियो । २०१२, २०१६ र २०२० फाइनल खेल्दै पछिल्लो दुई ओलम्पिकमा लगातार स्वर्ण जित्न ब्राजिल सफल भएको छ । यता १९९२ को बार्सिलोना ओलम्पिकको स्वर्ण बिजेता स्पेनले यो पटक रजत पदकमा चित्त बुझाउनु परेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!