- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा सञ्चालित प्रथम भेट्रान फुटवल प्रतियोगिताको उपाधि धनकुटा–७ स्थित त्रिवेणी टोलवस्ती संगठनले जितेको छ । तल्लो टुँडिखेलमा भएको फाइनलमा आयोजक धनकुटा फुटवल क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै त्रिवेणीले उपाधि जितेको हो ।

त्रिवेणीलाई जित दिलाउँन भूपेन शाक्य, अमृत राई र अमृत राई ‘ए’ ले समान एक÷एक गोल गरे । धनकुटा फुटबल क्लवका लागि पेनाल्टीमा विशाल चेम्जोङले गोल गरेपनि जितका लागि पर्याप्त हुँन सकेन । उपाधिसँगै त्रिवेणीले नगद ४० हजार पाएको छ भने उप–विजेता क्लवले २० हजारमा चित्त बुझाएको छ ।

धनकुटा नगरपालिकासहित विभिन्न संघ–संस्थाको सहयोगमा धनकुटा फुटवल क्लवले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा १४ टीमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो ।

विजयी टिम तथा खेलाडीहरुलाई वरख गणका गणपति दुर्गावहादुर थापा, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नकुल पोखरेल, सशस्त्र प्रहरी वलका डिएस्पी रामचन्द्र श्रेष्ठ, धनकुटा फुटवल संघका अध्यक्ष गोविन्द राई, धनकुटा फुटवल क्लवका अध्यक्ष सुमन श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!