- रासस

मोरङ । विराटनगरमा स्व.गिरिजाप्रसाद कोइराला स्मृति दोस्रो खुला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । विराटनगर ब्याडमिन्टन क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी वैशाख १२ देखि १५ गतेसम्म सो प्रतियोगिता हुने संयोजक विनोद डाँगीले जानकारी दिए ।

प्रतियोगितामा ६ वटा इभेन्ट्समा प्रतिस्पार्धा हुनेछ । ७ वर्ष मुनिका छात्रछात्रा, ४५ वर्षमाथि र ५५ वर्षका पुरुष एकल तथा महिला एकलबीच प्रतिस्पर्धा हुनेछ । विजेताले नगद रु २५ हजार र ट्रफी प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु १५ हजार र तेस्रोले जनही रु १०/१० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

खुल्ला प्रतियोगितामा सबै खेलाडीले भाग लिनसक्ने संयोजक डाँगीले बताए । क्लबले गत वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!