- गोमा ढुंगाना/संगालोखबर

विराटनगर । भारतको पंजाव पुलिस क्लव विराटनगरमा जारी विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा बिहीबार भएको अन्तिम सेमिफाइनलमा संकटा क्लबलाई १–० गोलले पराजित गर्दै पंजाव पुलिस उपाधि नजिक पुगेको हो ।

Advertisement

खेलका ७५ औं मिनेटमा परमजीत सिंहले गरेको एकमात्र गोल नै पाहुना टोली पंजावलाई फाइनल पुर्याउँन पर्याप्त बन्यो । हरजीन्द्र सिंहले निकालेको क्रस पासमा परमजीतले पेलान्टी एरिया नजिकबाट गरेको प्रहारले जाली चुम्यो । गोल फर्काउँन निकै प्रयास गर्दापनि सफल हुँन नसक्दा आहा रारा गोल्डकपको च्याम्पियनसमेत रहेको संकटा पराजित बन्यो । विराट गोल्डकपको पूर्व विजेतासमेत रहेको संकटा गोल गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिएको छ ।

खेलको म्यान अफ द म्याच पंजावका निर्णायक गोलकर्ता परमजित घोषित भए । उनले नगद १० हजार पुरस्कार पाएका छन् । जितसँगै पंजावले गोल्डकपको उपाधिका लागि शनिबार बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) सँग भिड्नेछ । वुधवार भएको पहिलो सेमिफाइनलमा घरेलु टिम विराटनगर ११ लाई ३–२ गोल अन्तरले पराजित गर्दै एपीएफ फाइनल पुगेको हो ।

२६ चैतबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल ४ बैशाखमा हुँदैछ । विजेताले १५ लाख १५ हजार र उप विजेताले ७ लाख ५१ हजार पाउँने आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ ।

 यो पनि : विराट गोल्डकपमा झगडा, दुई खेलाडीलाई रेड कार्ड

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!