- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा बुधबार मिनि म्याराथन दौड प्रतियोगिता गरिएको छ । बिश्व मुटु दिवसको अवसर पारेर पूर्व प्रहरी संस्थाले दौड आयोजना गरेको हो । धनकुटा बसपार्कबाट सुरु भएको दौड सब्जी लाईन–चुलिबन–डाँडाँगाउँ–मदनचौक–भीमनारायण चौक–माथ्लोकोप्चे–तल्लोकोप्चे–चुवाकोबोट चौक हुँदै मदनचौकमा आएर अन्त्य भएको थियो ।

Advertisement

दौडमा पुरुषतर्फ नेपाली सेनाका रोशन तामाङ प्रथम, सबिन राई द्वितीय र सुशील लिम्बू तृतीय भए । त्यस्तै महिलातर्फ नेपाली सेनाकी रेणुका तामाङ प्रथम, मन्दिरा तामाङ द्वितीय र एलिना लिम्बू तृतिय भइन् । म्याराथनमा ६ महिला र ३० पुरुष गरी ३६ जना दौडिएका थिए ।

प्रतियोगितामा पुरुषतर्फका प्रथमलाई ५ हजार, द्वितीयलाई ४ हजार र तृतीयलाई ३ हजार नगद पुरस्कार प्रदान गरिएको छ । महिलातर्फका प्रथमलाई ४ हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजार नगद पुरस्कार प्रदान गरिएको पूर्व प्रहरी संस्थाका अध्यक्ष योगेन्द्र कार्कीले बताए । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पूर्व डिआइजी दिनेश अमात्य लगायतले बिजेताहरुलाई पुरस्कृत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!