- रबिन कटेल/संगालोखबर

विराटनगर । बिभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) विराट गोल्डकपको फाइनल प्रवेश गरेको छ । विराटनगरस्थित शहिद रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा घरेलु टिम विराटनगर ११ लाई ३–२ गोलले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

Advertisement

एपीएफलाई जित दिलाउँन सनिश श्रेष्ठ, रबि थिङ्ग र मणि लामाले समान एक/एक गोल गरे । खेलको २६ औं मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गर्दै टिमको खाता खोलेका थिए । श्याम नेपालीले दिएको क्रस पासलाई सदुपयोग गर्दै सनिशले टिमलाई अग्रता दिलाए । एपीएफले गोल गरेपछि दबाबमा परेको विराटनगरले निकै प्रयास गर्दा पनि पहिलो हापमा खाता खोल्न सकेन । पहिलो हापमा एपीएफले १–० ले अग्रता कायम गर्यो ।

खेलको ५३ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समिरले डिबक्स एरिया नजिक बललाई होल्ड गरेर गरेको प्रहारले जाली चुम्दा खेल १–१ को बराबरीमा पुग्यो । एपीएफका रबि थिङ्गले ६७ औं मिनेटमा गोल गरी टिमलाई २–१ ले अग्रता दिलाए । श्याम नेपालीले निकालिएको क्रस पासबाट रविले गोल गरेका थिए । एपीएफले गोल गरेको दुई मिनेट वित्न नपाउँदै विराटनगरले गोल फर्काएर खेललाई २–२ को वरावरीमा पुर्यायो । विराटनगरका प्रकाश बुढाथोकीले ६९ औं मिनेटमा पेलान्टी एरियादेखि वान टच बललाई गोलमा परिणत गराउँदै खेल बराबारीमा पुर्याएका हुन् ।

निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको वरावरी भएपछि खेलमा अतिरिक्त ३० मिनेटको समय थप गरिएको थियो । अतिरिक्त समयको २७ औं मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरदेखि गरेको प्रहारले जाली चुम्दा विजयी बन्दै एपीएफ उपाधि नजिक पुगेको हो । खेलको म्याद अफ द म्याच एपीएफका गोलकर्ता मणि लामा घोषित हुँदै १० हजार नगद पुरस्कार पाएका छन् ।

जितसँगै एपीएफले उपाधिका लागि अब संकटा व्वाइज स्पोटिङ्ग क्बल काठमाण्डौं र भारतको पंजाव पुलिस क्लबको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल प्रवेशका लागि संकटा र पंजाव पुलिस बिहीबार भिड्दैछन् । विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा २६ चैतदेखि सुरु भएको प्रतियोगिताको उपाधि भिडन्त ४ बैशाखमा हुँदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!