- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको हिलेमा सञ्चालित प्रदेश १ पालिका स्तरीय १४ औं रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा झापाको झापा गाउँपालिकालाई पराजित गर्दै भोजपुरले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

झापालाई २५–१५, २५–२१ र २५–१३ को सेटमा पराजित गर्दै भोजपुरले उपाधि चुमेको हो । पहिलो खेलमा झापाले २५–२२ ले जित निकालेको थियो । उपाधिसँगै भोजपुरले एक लाख नगदसहित ट्रफी हात पारेको छ भने उप–विजेता झापाले ५० हजार नगद र ट्रफीमा चित्त बुझाएको छ ।

भोजपुरका विवश लिम्बू प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । झापाका गणेश कटुवाल उत्कृष्ट लिब्रा, भोजपुरका रमण उदाश उत्कृष्ट लिफ्टल, झापाका रोहित शिवाकोटी उत्कृष्ट ब्लगर र भोजपुरका मनिष खत्री उत्कृष्ट स्पाइकरमा बनेका छन् ।

विजयी टिम तथा खेलाडीहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, वरख गणका गणपती भगवान थापा लगायतले पुरस्कार प्रदान गरेका छन् । हिले भलिवल क्लवको आयोजनामा भएको प्रतियोगिताको उपाधिका लागि धनकुटा, भोजपुर, इलाम, झापा र मोरङका १० टिमबीच प्रतिष्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!