- संगालोखबर सम्वाददाता

काठमाडौं । आइसीसी विश्वकप लिग–२ मा अमेरिकालाई पराजित गर्दै नेपाल विजयी भएको छ । ओमानको मास्कटस्थित अल अमारत क्रिकेट मैदानमा सोमबार राती भएको खेलमा अमेरिकालाई ५ विकेटले हराउँदै नेपाल विजयी बनेको हो ।

Advertisement

अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलले नेपालका लागि अर्धशतक प्रहार गरेका छन् । नटआउट ६२ रन जोडेका रोहितले ८७ बलमा २ चौका र ३ छक्का प्रहार गरे । रोहितसँग पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गरेका विनोद भण्डारीले ३७ रन जोडे । उनले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरेका छन् ।

८४ रनको योगदान दिएका कुशलले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । ओपनर आसिफ शेखले २३ रन जोडे । आसिफ र कुशलबीच पहिलो विकेटका लागि ६६ रनको साझेदारी भएको थियो । एकदिवसीय खेलमा यो नेपालको कीर्तिमानी साझेदारी हो ।

कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाएर आउट भए । कुशल मल्लले १ रनमै पेभिलियन फर्के । बलिङमा अमेरिकाका निषर्ग पटेल र केन्जिगेले २–२ विकेट लिए । त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ । विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, नामिबिया, स्कटल्याण्ड र युएई छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!