धनुका कटेल/संगालोखबर

भोजपुर । धनकुटा फुटबल क्लवलाई पराजित गर्दै अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन भोजपुर गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । भोजपुरको स्थानीय टुडिखेलमा मंगलवार भएको खेलमा धनकुटालाई ३–० गोलले पराजित गर्दै क्यामरुनले सेमिफाइनलको यात्रा तय गरेको हो ।

Advertisement

खेलको ४० औं मिनेटमा क्यामरुनका जर्सी नम्बर १८ का एमफोमोले गोल गर्दै टिमको खाता खोलेका थिए । दोस्रो हापपछि ४६ औं मिनेटमा जर्सी नम्बर १५ का सिएम्बाकोपको गोल थप्दै क्यामरुनलाई २–० ले अग्रता दिलाए । ६१ औं मिनेटमा जर्सी नम्बर ११ का मेघाबोटुले निर्णायक गोल गर्दै क्यामरुनलाई बिजयी गराए । राम्रो खेल प्रदर्शन गरेर पनि गोल गर्न नसक्दा धनकुटा पराजित बनेको छ ।

बुधवारको खेल रेडहर्स क्लव इलाम र गोर्खा व्वाइज रुपन्देहीबीच हुनेछ । बैशाख ११ गतेसम्म सञ्चालन हुँने प्रतियोगितामा विदेशीसहित ८ टिम सहभागि छन् । गोल्डपको विजेताले ५ लाख नगद र उप–विजेताले ३ लाख नगद पुरस्कार पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!