- धनुका कटेल/संगालोखबर

भोजपुर । भोजपुर सदरमुकाममा आइतवारदेखि चौथो अन्तर्र्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय टुँडिखेल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लवलाई पराजित गर्दै भगवती स्पोर्टस् क्लब खोटाङले विजयी सुरुवात गरेको छ ।

Advertisement

धरानलाई ट्राईबेकरमा ३–० गोलअन्तरले हराउँदै खोटाङले सेमिफाइनको यात्रा तय गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलमा अतिरिक्त समय थप गरिएको थियो । सो समयमा पनि वरावरी कायम रहेपछि खेल ट्राइवेकरमा धकेलिएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको २१ औँ मिनेटमा धरानका तपन कार्कीले गोल गर्दै टिमको खाता खोले । खेलको २८ औँ मिनेटमा खोटाङका शरद राईले गोल फर्काउँदै खेललाई १–१ को वरावरीमा ल्याए । खेलको निर्धारित समय वरावरीमा टुंगिएपछि ट्राईबेकरमार्फत खेल टुंग्याइएको हो । ट्राईबेकरमा खोटाङका दिपेश धिमाल, संजोक राई र सुनिल राईले समान एक/एक गोल गरे ।

खेलको म्याद अफ द म्याच खोटाङका गोलरक्षक रेम्बो चौधरी घोषित भए । उनले ३ हजार ५ सय पुरस्कार पाएका छन् । सोमबारको खेल सगरमाथा यूथ क्लब मोरङ र आयोजक भोजपुर फुटबल क्लबबीच हुनेछ । भोजपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा एक विदेशीसहित ८ टिम सहभागि छन् ।

प्रतियोगितामा अफ्रिकन रुट्स एशोसियसन, धनकुटा फुटबल क्लब, धरान फुटबल क्लब, रेडहर्श फुटबल क्लब ईलाम, सगरमाथा युथ एशोसियसन मोरङ, गोर्खा ब्वाईज रुपन्देही, भगवती स्पोर्टस् क्लब खोटाङ र आयोजक भोजपुर फुटबल टिम सहभागि छन् । बैशाख ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख र उप–विजेताले ३ लाख नगद पुरस्कार पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!