झापा । झापामा आगामी फागुन २७ र २८ गते प्रदेश स्तरीय वडी बिल्डिङ च्याम्पियनसिप हुने भएको छ । बिर्तामोड ५ मा रहेको बडी ग्यारेजको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो । आयोजकले शनिवार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।
प्रतियोगितामा एक सय जना महिला तथा पुरुष खेलाडी सहभागि हुँनेछन् । प्रतियोगितामा ५५, ६०, ६५ र ७० किलो माथि तौल समूहको छुट्टा छुट्टै प्रतिष्पर्धा हुनेछ । महिला र पुरुषका लागि छुट्टा छुट्टै प्रतियोगिता आयोजना हुने र राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताका विजेताले यो प्रतियोगितामा भाग लिन नपाउने बताइएको छ ।
प्रतियोगिताका ओभरल च्याम्पियनसिपले तीन लाख नगद पुरस्कार पाउँनेछन् । त्यस्तै, फष्ट रनरअपले दुई लाख र सेकेण्ड रनरअपले एक लाख रुपैयाँ नगद पुरस्कार पाउँने खेल आयोजक समिति संयोजक राम दाहालले जानकारी दिए ।
खेल क्षेत्रको माध्यमबाट स्वास्थ्य रहन प्रत्येक जनसाधारणलाई अभिरुची जगाउँदै यस खेल प्रतिको मोह बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समिति अध्यक्ष अर्जुन मैनालीले बताए ।