संगालोखबर सम्वाददाता

भोजपुर । गोर्खा ब्वाइज स्पोर्टस् क्लब रुपन्देहीले चौँथो अन्तर्राष्ट्रिय आमन्त्रण भोजपुर गोल्डकपको उपाधि जितेको छ । स्थानीय टुँडिखेलमा शनिबार भएको फाइनलमा अफ्रिकन रुट्स एशोसियसन क्यामरुनलाई १–० गोलले पराजित गर्दै गोर्खा ब्वाईजले उपाधिमाथि कब्जा जमाएको हो ।

Advertisement

खेलको निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि थपिएको अतिरिक्त समयमा गोर्खा ब्वाईजले गोल गर्दै उपाधि चुमेको हो । अतिरिक्त समयको छैठाँै मिनेटमा गोर्खा ब्वाइजका पेपेले गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो । उपाधिसँगै गोर्खा ब्वाईजले पाँच लाख नगदसहित ट्रफि हात पारेको छ भने उप–विजेता अफ्रिकन रुट्सले तीन लाख नगदमा चित्त बुझाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी गोर्खा ब्वाईजका पेपे, उत्कृष्ट गोलकिपर गोर्खा ब्वाईजका अरुण लामा, सर्वाधिक गोलकर्ता अफ्रिकन रुट्सका एम्फोमो, उत्कृष्ट मिडफिल्डर अफ्रिकन रुट्सकै एन रोनाल्डो र उत्कृष्ट डिफेन्डर गोर्खा ब्वाईजका मनोज श्रेष्ठ घोषित भए ।

जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा विदेशीसहित ८ टिमबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!