- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका किरण चेम्जोङ्ग उत्कृष्ट गोलरक्षक बन्दै पुरस्कृत भएका छन् । २०२०–२०२१ सिजनको आई–लिगमा उत्कृष्ट गोलरक्षक बनेर किरण पुरस्कृत भएका हुन् ।

Advertisement

नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका किरणले उत्कृष्ट गोलरक्षक घोषित भएर २ लाख ५० हजार भारतीय रुपैयाँ प्राप्त गरेका छन् । किरणले राउन्डग्लास पञ्जाब फुटबल क्लबबाट आई–लिग खेल्छन् । धनकुटाको राजारानी घर भएका किरण नेपाली फुटबल जगतका उत्कृष्ट गोलरक्षक हुन् ।

यो सिजनमा पञ्जाबले लिगको चौथो स्थान हासिल गर्दै २५ लाख पुरस्कार पाएको छ । लिगको उपाधि भने गोकुलम केरला एफसीले जितेको छ । १५ खेलबाट २९ अंक बटुलेको गोकुलमले समान अंक रहेको चर्चिल ब्रदर्सलाई गोल अन्तरमा पछि पार्दै उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै गोकुलमले १ करोड भारतीय रुपैयाँ पाएको छ भने दोस्रो हुने चर्चिल ब्रदर्सले ६० लाख भारतीय रुपैयाँमा चित्त बुझाएको छ । तेस्रो हुने टीआरएयू एफसीले ४० लाख पुरस्कार हात पारेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!