संगालोखबर सम्वाददाता

विराटनगर । सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लवलाई पराजित गर्दै भारतको पञ्जाव पुलिस क्लव विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा आइतवार राती भएको रात्रीकालिन गोल्डकपको दोस्रो क्वाटरफाइनलमा मछिन्द्र क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै पञ्जाव पुलिसले सेमिफाइनलको यात्रा तय गरेको हो ।

Advertisement

पञ्जाव पुलिसका क्याप्टेन जगदिस सिंहले दिएको पासलाई सदुपयोग गर्दै राजविर सिंहले खेलको ३९ औं मिनेटमा पहिलो गोल गरे । आक्रमक भएर मैदान उत्रिएको मछिन्द्रले पञ्जावलाई दबावमा राखेपनि गोल गर्न नसक्दा पहिलो हापमा पञ्जाव पुलिसले १–० ले अग्रता लियो ।

खेलको ८३ औं मिनेटमा डिवक्सभित्र पाएको मौकालाई सदुपयोग गर्दै पञ्जाव पुलिसका महाविर सिंहले गरेको प्रहारले जाली चुम्यो । महाविरको गोल नै पञ्जाव पुलिसलाई सेमिफाइनल पुर्याउँन निर्णायक बन्यो । राम्रो खेल प्रदर्शन गरेर पनि गोल गर्न नसक्दा मछिन्द्र क्लव पराजित बनेको छ ।

पञ्जाव पुलिस क्वलका क्यापटेन जगदिस सिंह खेलको म्याद अफ द म्याच घोषित भए । जितसँगै पञ्जाव पुलिसले अब चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन र संकटा ब्याइज स्पोटिङ्ग क्बल काठमाण्डौंको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

सोमबारको खेल सशस्त्र प्रहरी बल र नेपाल पुलिस क्लवबीच हुँनेछ । विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा चैत २६ गतेदेखि सुरु भएको प्रतियोगिता बैशाख ४ गतेसम्म सञ्चालन हुँनेछ । प्रतियोगितामा तीन विदेशीसहित १० टिम सहभागि छन् । प्रतियोगिताको विजेताले १५ लाख १५ हजार र उप विजेताले ७ लाख ५१ हजार पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!