- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सञ्चालित १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिताको उपाधि चानुवास्थित सरस्वती माध्यमिक विद्यालयले जितेको छ । १६ स्वर्णपदकसहित सरस्वती माविले नगरस्तरीय प्रतियोगिताको उपाधि जितेको हो ।

Advertisement

प्रतियोगितामा ६ स्वर्णसहित चानुवा मावि दमार उप बिजेता बनेको छ । ३ स्वर्णपदक पाउँदै नविन शिक्षा सदन डाँडागाउँले तृतीय स्थान ओगटेको छ भने १ स्वर्णपदकसहित राम मावि गणेशटारलले सान्तवना स्थान पाएको छ ।

विजयी खेलाडीहरुलाई महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, उपमेयर मञ्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरी, महालक्ष्मी ७ का वडाध्यक्ष रुद्र तुम्वा, ८ नं.का वडाध्यक्ष राम खड्का, ९ नं.का वडाध्यक्ष वोधनाथ काफ्ले लगायतले पुरस्कृत गरेका छन् ।

महालक्ष्मी नगरपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिवल, कवडी, दौड लगायत प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा महालक्ष्मी नगरपालिकाका १७ वटै माध्यमिक विद्यालयका विद्यार्थीहरु सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!