- गोमा ढुंगाना/संगालोखबर

विराटनगर । सशस्त्र प्रहरीको एपीएफ क्लव विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । विराटनगरस्थित शहीद रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनल पुगेको हो ।

Advertisement

एपीएफलाई जित दिलाउँन मणी लामा र आसिस लामाले समान एक/एक गोल गरे । दुवै टिमबाट गोल हुन नसक्दा खेलको पहिलो हाप गोलरहित वरावरीमा टुंगियो । दोस्रो हाप सुरु भएको एक मिनेट वित्न नपाउँदै एपीएफका मणी लामाले पहिलो गोल गर्दै टिमको खाता खोले ।

निर्धारित ९० मिनेटको खेलमा १–० गोलले अग्रता कायम गरेको एपीएफले अतिरित्त ४ मिनेटको समयमा गोल दोब्बर गरेको हो । अतिरिक्त समयको अन्त्यमा नेपाल पुलिसका गोलरक्षक रोषन खड्का विपक्षीको पोष्ट नजिक पुगेका बेला आसिसले सहज गोल गरे ।

खेलको म्याद अफ द म्याच एपीएफका पहिलो गोलकर्ता मणी घोषित भए । उनले नगद १० हजार पुरस्कार पाएका छन् । मंगलबारको चौथो अर्थात अन्तिम क्वाटरफाइनल खेल अफ्रिकन रुट्स एसोसिएसन दौला, क्यामरुन र संकटा व्याइज स्पोटिङ्ग क्लव, काठमाडौंबीच हुँने आयोजकले जनाएको छ । यसअघिका क्वाटरफाइनलमा बिजयी बन्दै विराटनगर–११ र पञ्जाव पुलिस सेमिफाइनल पुगेका छन् । प्रतियोगितामा तीन विदेशीसहित १० टिम सहभागि छन् ।

२६ चैतबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल ४ बैशाखमा हुँदैछ । विजेताले १५ लाख १५ हजार र उप विजेताले ७ लाख ५१ हजार पाउँने आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!