- गोमा ढुंगाना/संगालोखबर

विराटनगर । गणेश हमालको गोलले संकटा व्याइज स्पोटिङ्ग क्लव विराटनगरमा जारी विराट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार साँझ भएको चौथो अर्थात अन्तिम क्वाटरफाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएसन दौला, क्यामरुनलाई १–० गोलले पराजित गर्दै संकटाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

Advertisement

संकटालाई जित दिलाउँन खेलको ६१ औं मिनेटमा जर्सी नम्बर ११ का हमालले निर्णायक गोल गरे । ओडेह ग्लोरीको पासमा हमालले गरेको एकमात्र गोल नै संकटालाई जित दिलाउँन पर्याप्त बन्यो । खोलको म्याद अफ द म्याच संकटाका गोलरक्षक राजावावु थापा घोषित भए ।

जितसँगै बिहिबार हुँने दोस्रो सेमिफाइनलमा संकटाले भारतको पंजाव पुलिस क्लवको सामाना गर्नेछ । वुधवारको पहिलो सेमिफाइनल खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लव र विराटनगर महानगरपालिकाबीच हुँनेछ ।

२६ चैतबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल ४ बैशाखमा हुँदैछ । विजेताले १५ लाख १५ हजार र उप विजेताले ७ लाख ५१ हजार पाउँने आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!