- संगालोखबर सम्बाददाता

विराटनगर । पोर्चुगललाई हराउँदै सर्बिया विश्वकपमा पुगेको छ । आइतबार राति भएको खेलमा फुलहमका स्ट्राइकर अलेक्सान्डर मिट्रोभिचले गोल गर्दै सर्बियालाई सन् २०२२ मा कतारमा हुने विश्वकपमा पुर्याएका छन् ।

सर्बियाले खेलको अन्तिम मिनेटमा गोल गर्दै पोर्चुगललाई घरेलु मैदानमा २–१ गोलले हराएको हो । खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजले पोर्चुगललाई अग्रता दिलाए तर डुसान टाडिचले पहिलो हाफको अन्त्यतिर खेल बराबरी गरे । खेलको ९० औँ मिनेटमा मिट्रोभिचले गोल गर्दै सर्बियाको विश्वकप यात्रा तय गरे ।

जीतसँगै समूह ए मा २० अङ्कसहित सर्बिया शीर्ष स्थानमा रह्यो । अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउन पोर्चुगलले मार्चमा प्लेअफ खेलहरु खेल्नुपर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!