- सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा शनिवारदेखि प्रदेश स्तरीय खुल्ला धनकुटा कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । धनकुटा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा तीन दिने प्रतियोगिता सुरु भएको हो ।

एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानसमा दीप प्रज्वलन गरेर प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले खेलाडीहरुलाई आफ्नो कौसलता प्रदर्शन गरेर राम्रो खेल प्रस्तुत गर्न सुझाव दिए । उनले स्वास्थ्यका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए ।

Advertisement

प्रतियोगितामा प्रदेश १ का ११ जिल्लाका टिम सहभागि भएको आयोजक संघका अध्यक्ष योगेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, पाँचथर, ताप्लेजुङ्ग, उदयपुर, झापा, मोरङ र सुनसरीका टिम प्रतियोगितामा भिड्दैछन् ।

प्रतियोगिताको खुल्लातर्फको प्रथम, द्वितिय र तृतियले क्रमसः ४०, २५ र १५ हजार पाउँनेछन् । प्रतियोगिताको अन्य समूहहरुका प्रथम, द्वितिय र तृतियलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । धनकुटा नगरपालिकाले मुख्य प्रायोजन गरेको प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुँनेछ ।

दुई राष्ट्रिय खेलाडीसहित चार जनालाई सम्मान

धनकुटा जिल्ला ब्याडमिन्टन संघले ब्याडमिन्टनका दुई राष्ट्रिय खेलाडीसहित चार जनालाई सम्मान गरेको छ । ब्याडमिन्टनका राष्ट्रिय खेलाडी द्वय रत्नजीत तामाङ र नङसल देवी तामाङलाई सम्मान गरिएको हो । सम्मानित खेलाडी रत्नजीत ब्याडमिन्टनको पुरुष तर्फ र नङसल देवी महिला तर्फका शीर्ष खेलाडी हुन् । त्रिभुवन आर्मी क्लवमा आवद्ध उनीहरु दिदी–भाई हुन् ।

त्यस्तै, भोजपुरको गाउँबाट ब्याडमिन्टनका राष्ट्रिय खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै भोजपुर डाडागाउँ निवासी दान बहादुर तामाङलाई पनि सम्मान गरिएको छ । उनी राष्ट्रिय खेलाडी द्वय रत्नजीत र नङसल देवीका पिता हुन् । त्यस्तै, धनकुटामा बहुउद्देशीय कवर्ड हल निर्माणमा योगदान पुर्याएको भन्दै धनकुटा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत तिर्थ धिताललाई पनि सम्मान गरिएको छ । धिताल हाल विराटनगरस्थित प्रदेश लोकसेवा आयोगको कार्यालयमा कार्यरत छन् ।

उनीहरुलाई धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष शेखर लामा, धनकुटा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष यज्ञश्वर श्रेष्ठ लगायतले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरी सम्मानित गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!