- संगालोखबर सम्बाददाता


धनकुटा । आयोजक चुलाचुली युवा क्लवले छथर जोरपाटी गाउँपालिकाको चुलाचुलिमा आयोजित पालिका स्तरीय वालाचतुर्दशी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा सिंधुवा बजारको सिंहदेवी क्लवलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै चुलाचुलीले उपाधि जितेको हो ।

निर्धारित समय २/२ गोलको बराबरीमा टुंगियो । थप गरिएको ३ मिनेटमा पनि दुवै टिमबाट गोल हुँन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा सिंहदेवीका उमेश चौधरी र हेमन्त तामाङ गोल गर्न चुक्दा उपाधि चुलाचुलीको पोल्टामा पुगेको हो ।

उपाधिसँगै चुलाचुलीले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ भने उप–बिजेता सिंहदेवीले नगद २५ हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा चुलाचुलीका सरोज रिजाल हाई स्कोरर, सिंहदेवीका दिवश भुजेल बेष्ट डिफेन्डर, चुलाचुलीका मनिश चौधरी बेष्ट किपर र चुलाचुलीकै समिर लिम्बू उत्कृष्ट खेलाडी घोषित भए ।

बिजयी टिम तथा खेलाडीहरुलाई छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू, एमाले छथर जोरपाटी गाउँ कमिटी अध्यक्ष ईन्द्र सारु मगर, आयोजक क्लवका अध्यक्ष पदम श्रेष्ठ लगायतले पुरस्कृत गरेका छन् । छथर जोरपाटी गाउँपालिकाको आर्थिक सहयोगमा चार दिनसम्म सञ्चालित प्रतियोगितामा पालिकाका १० टिमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!