- संगालोखबर सम्वाददाता


विराटनगर । ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । माराकाना रंगशालामा आइतवार बिहान भएको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १–० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधिमाथि कब्जा जमाएको हो ।

अर्जेन्टिनाका एन्जल डि मारियाले खेलको २२ औं मिनेटमा ब्राजिलविरुद्ध गरेको पहिलो गोल नै उपाधिका लागि निर्णायक बन्यो । डि पाउलले दिएको लामो पासमा मारियाले उत्कृष्ट गोल गरेका थिए । ब्राजिलका रेनान लोडीले राम्रोसँग मार्क गर्न नसक्दा डि मारियाले डिबक्स भित्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।

अर्जेन्टिनाले २८ बर्षपछि कोपा अमेरिकाको उपाधि हात परेको हो । उसले यसअघि सन् १९९३ मा यो प्रतियोगिताको उपाधि जितेको थियो । लियोनल मेसीको कप्तानीमा जित हासिल गरेको यो पहिलो प्रमुख उपाधि पनि हो ।

अर्जेन्टिनाले मेसीको कप्तानीमा २०१४ को विश्वकप, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइनलसम्मको यात्रा तय गरेको भएपनि उपाधि भने जितेको थिएन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!