संगालोखबर सम्वाददाता

धनकुटा । १२ वटा स्वर्ण पदकसहित सिंधुवाको सगरमाथा बोर्डिङ्ग स्कुलले छथर जोरपाटी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । सिंधुवा खेल मैदानमा २ दिन सञ्चालित बिभिन्न १५ खेलको प्रतिष्पर्धामा १० सामुदायिक र २ निजी विद्यालयलाई पछि पार्दै सगरमाथाले उपाधि जितेको हो ।

Advertisement

प्रतियोगितामा ५/५ स्वर्ण ल्याएपछि रजत र काँस्य पदक जितेको आधारमा सरस्वती मावि सिंधुवा दोस्रो र चुलाचुली माबि तेस्रो भएका छन् । १३ वटा एथलेटिक्ससहित भलिबल र कपर्दी खेलका लागि छात्र–छात्रा बिद्यामा भएको ३० स्वर्ण ३० रजत र ३० काँस्य पदका लागि ४८३ बिद्यार्थीहरुले प्रतिष्पर्धा गरेका थिए ।

यसैबीच, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुँने सगरमाथा बोर्डिङ स्कुलले प्रथम, द्वितीय, तृतीयसहित सहभागी हुने बिद्यार्थीहरुलाई सम्मान गरेको छ । प्रतियोगितामा माविहरुमा १२ स्वर्ण, ७ रजत र ३ कास्य पदक जित्दै समग्रमा प्रथम स्थान हासिल हुने बिद्यार्थीहरुलाई सम्मान गरिएको उक्त विद्यालयका सहायक प्रद्यानाध्यापक ओम प्रकाश तितुङले जानकारी दिए ।

स्वर्ण पदक र रजत पदक जित्नेलाई आगामी महिनाको मासिक शुल्कमा शत प्रतिशत छुट, कास्य पदक जित्नेलाई आगामी महिनाको मासिक शुल्कमा आधा छुट र सहभागी बिद्यार्थीहरुलाई २५ प्रतिशत छुट दिइने विद्यालयका प्रद्यानाध्यापक दिबेश खड्काले बताए । छुट रकम ७० हजार बराबर हुने विद्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!