संगालोखबर सम्वाददाता

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टिम विराटनगर विजयी भएकाे छ । विराटनगरस्थित सहिद रंगशालामा विहिवार साँझ भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २–१ गोलले पराजित गर्दै विराटनगरले विजयी सुरुवात गरेकाे हाे ।

Advertisement

खेल सुरूवातकाे ८ मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले गोल गर्दै टिमकाे खाता खाेले । सुरुवातमै गोल खाएपछि दबावमा परेको पाहुना टोली सिक्किमका आशिष देवानले कर्नरबाट निकालेको क्रस पासलाई सदुपयोग गर्दै खेलकाे १५ औं मिनेटमा साङ्गे छोपेन भुटियाले गोल गरे । पहिलो हाफ १-१ गोलको बराबारीमा टुंगियाे ।

दोस्रो हाफको ५३ औं मिनेटमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रबाट प्रहार गरेकाे बलले जालि चुम्दा विराटनगर विजयी बन्याे । खेलको म्यान अफ द म्याच विराटनगरका प्रकाश बुढाथोकी घाेषित भए । उनले नगद १० हजार पाएका छन् । प्रतियोगिताको शुक्रबारको खेल भारतको पंजाब पुलिस र गोर्खा ब्वाइजबीच हुनेछ ।

विराट गाेल्डकप फुटबल ट्रष्टकाे आयोजनामा सञ्चालित प्रतियाेगिता बैशाख ४ गतेसम्म रात्रीकालिन सञ्चालन हुनेछ । प्रतियाेगितामा तीन विदेशीसहित १० टिम सहभागी छन् । गोल्डकपको विजेताले १५ लाख १५ हजार र उपविजेताले ७ लाख ५१ हजार पाउने आयोजकले जनाएकाे छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!