- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा १२ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ । महालक्ष्मी नगरपालिकाको आयोजनामा सोमबारबाट नगर स्तरीय प्रतियोगिता सुरु भएको हो ।

महालक्ष्मी नगरपालिकाका उपमेयर मञ्जु अधिकारीले प्रतियोगिता उद्घाटन गरेकी छन् । तीन दिनसम्म सञ्चालन हुँने प्रतियोगितामा महालक्ष्मी नगरपालिकाका १७ वटै माध्यमिक विद्यालयका विद्यार्थीहरु विभिन्न प्रतियोगितामा सहभागि छन् ।

प्रतियोगितामा भलिवल, कवडी, दौडसहित बिभिन्न खेल भइरहेको महालक्ष्मीका मेयर पर्शुराम नेपालका सचिवालय प्रमुख विष्णु दाहालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!