मोरङमा बढ्यो चैत धान उत्पादन
विराटनगर । मोरङमा चैते धान उत्पादन बढेको छ । गत वर्षभन्दा पाँच हजार ५६० मेट्रिक टन बढी धान उत्पादन भएको हो । गत वर्ष एक लाख २३ हजार २०० मेट्रिकटन उत्पादन भएको थियो ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष वृद्धि भई एक लाख २८ हजार ७६० मेट्रिक टन उत्पादन भएको केन्द्रका प्रमुख रामदेव सिंहले बताए । दुई वर्ष अघिसम्म चैते धान प्रतिमन करिब ६०० मूल्य पाएका किसानले गत वर्ष नौ सयभन्दा धेरै पाएको र यो वर्ष ए...






























