दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्छौं : मेयर कोइराला
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दशैं अगाडि चारवटा नगरबस सञ्चालन गर्ने बताएका छन् । नेकपा एमाले मोरङले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मेयर कोइरालाले यस्तो बताएका हुन् ।
उनले यसको लागि तयारी थाल्ने उल्लेख गरे । एमाले मोरङले ६ बुँदे ध्यानाकर्षण पत्र मेयर कोइरालालाई बुझाएको छ । निर्वाचित भएको २ वर्ष ५ महिना भइसक्दा पनि महानगरले विकास निर्माणका सवालमा अपेक्षित काम गर्न नसकेक...































