झापा । झापाको काँकडभिट्टा नाका हुँदै भारतबाट साढे ४ करोड बढीको खरबुजा नेपाली बजारमा भित्रिएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ को १० महिनामा ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० किलोग्राम खरबुजा आयात भएको हो ।
चालु आर्थिक वर्षको १० महिनामा सबैभन्दा धेरै चैतमा १ करोड ३३ लाख ७ हजार मूल्य बराबरको ५ लाख १० हजार २ सय ३० किलो खरबुजा भारतबाट आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
साउन महिनामा ६० लाख ५० हजार मूल्य बराबरको १ लाख ३० हजार ८ सय ५० किलो, भदौमा ४८ लाख ९८ हजारको १ लाख ८६ हजार १ सय ४० किलो, असोजमा ३७ लाख २९ हजार रुपैयाँ बराबरको १ लाख ४१ हजार ४ सय ५० किलो र कात्तिकमा २१ लाख ३७ हजार रूपैयाँ बराबरको ८१ हजार २ सय ४० किलो खरबुजा भित्रिएको छ ।
यस्तै मंसिरमा १४ लाख ६६ हजार मूल्य बराबरको ५५ हजार ७ सय ८० किलो, पुसमा १२ लाख ४२ हजार मूल्य बराबरको ४७ हजार २ सय ६० किलो, माघमा २२ लाख ३२ हजार रूपैयाँ बराबरको ८५ हजार ७ सय १० किलो, फागुनमा ४४ लाख ८८ हजार रूपैयाँ बराबरको १ लाख ७३ हजार ७ सय ८९ र वैशाखमा ६५ लाख ८६ हजार रूपैयाँ बराबरको २ लाख ५२ हजार ६ सय ५० किलो आयात भएको छ ।