
विराटनगर । झापामा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक ४ का ३६ वर्षीय मिलन थापा छन् ।
दमक नगरपालिका ७ पशुहाट डाँडास्थित पूर्वपश्चिम लोकमार्गमा गएराति मे १ ख ३०२७ नम्बरको बस र प्रदेश १-०२-०५२ प २२११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
बसको ठक्करबाट घाइते भएका थापालाई उपचारका लागि आर्या न्युरो अस्पताल विराटनगर ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक गौरादह नगरपालिका ४ का ३२ वर्षीय सरकार टुडुलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।