संगालोखबर
फाइल तस्वीर

विराटनगर । झापामा हात्तीको आक्रमणबाट १५ वर्षको अवधिमा ७२ जनाले ज्यान गुमाएका छन् । डिभिजन वन कार्यालय झापाका अनुसार २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीसहित ७२ जनाले ज्यान गुमाएका हुन् ।

डिभिजन वन कार्यालय झापाका डा. सुमन भलका अनुसार हात्तीको आक्रमणबाट सोही अवधिमा ९२ जना घाइते भएका छन् । २०८१ साउनयता हात्तीको आक्रमणबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् भने ६ जना घाइते भएका छन् ।

Advertisement

मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि विद्युतीय तारवार, जैविकमार्ग निर्माण, वन क्षेत्रमा पोखरी निर्माण, फलफूलका बिरुवा रोपण, गस्तीलगायतका गतिविधि भएपनि यसले प्रभावकारी भूमिका खेल्न सकेको छैन ।

‘फरेष्ट एक्सन नेपाल’ का डा. लिलानाथ शर्माका अनुसार हात्तीको जैविकमार्ग निर्माण, वनभित्रै हात्तीमैत्री वातावरण निर्माण तथा वनमा सुधार गर्नसके मात्रै मावन-हात्ती द्वन्द्व न्यूनीकरण गर्न सकिन्छ ।

वन जङ्गल नजिकै मानव बस्ती बढ्दै गएकाले पनि मावन-हात्ती द्वन्द्व बढ्दै गएको जानकारहरू बताउँछन् । अन्य समयको तुलनामा मकैको सिजनमा हात्तीको आवागमन बढी हुने डिभिजन वन कार्यालयले जनाएको छ ।

यस्तै झापामा २०६२ सालयता २५ हात्ती मृत भेटिएका छन् । २०८० साउनदेखि २०८१ असार सम्ममा चार वटा हात्ती मृत फेला परेका थिए भने चालु आर्थिक वर्षको हालसम्म पनि चार वटा हात्ती मृत फेला परेका कार्यालयले जनाएको छ ।

झापाका हात्तीपीडितलाई सरकारले आर्थिक वर्ष २०६८/६९ देखि चालु आर्थिक वर्षको हालसम्ममा ९ करोड ६८ लाख ४७ हजार राहत प्रदान गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!