झापामा पत्नी मृत फेला, पति घाइते अवस्थामा भेटिए
विराटनगर । झापामा पत्नी मृत र पति घाइते अवस्थामा फेला परेका छन् । ताप्लेजुङ घर भई कनकाई नगरपालिका-५ नारायणदल चोकमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीया मनिषा मंग्राती मृत भेटिएकी हुन भने उनका पति अन्दाजी ३९ वर्षीय लालबहादुर सार्की घाइते अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब तीन महिनादेखि उनीहरू स्थानीय योगेन्द्र बस्यालको घरमा डेरा गरी बस्दै आएका थिए । आज बिहान करिब ७...






















