रतुवा खोलाले बगाएर झापामा युवकको मृत्यु

रतुवा खोलाले बगाएर झापामा युवकको मृत्यु

झापा । झापामा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । दमक नगरपालिका–८ स्थित रतुवा खोलामा घुङ्गी टिप्न भनी गएका शिवसताक्षी नगरपालिका–३ का ३६ वर्षीय राजु मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घरबाट गएका उनी ढिलोसम्म नफर्किएपछि खोजी गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको पहलमा खोजी गर्दा दिपिनी खोला र रतुवा खोलाको दोभानमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शव पोष्टमार्टम...
झापामा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु   

झापामा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु   

झापा । झापाको गौरादहमा हिजो साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ सितापुरी चोकमा भएको दुर्घटनामा २४ वर्षीय सन्जोक भण्डारीको मृत्यु भएको हो । प्रहरीका अनुसार बा ७० प १८४ नम्बरको मोटरसाइकल र मे ६ प ५८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । एउटा मोटरसाइकलका चालक भण्डारी र अर्कोका २८ वर्षीय दुर्गा ताजपुरिया घाइते भएका थिए । दुवैलाई उपचारका लागि निम्स अस्पताल दमकमा...
ओली प्रधानमन्त्री भएपछि झापामा दीप प्रज्वलन गरेर मनाइयो खुशियाली

ओली प्रधानमन्त्री भएपछि झापामा दीप प्रज्वलन गरेर मनाइयो खुशियाली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनको गृहजिल्ला झापामा आज दीप प्रज्वलन गरेर खुशियाली मनाइएको छ । एमाले, काँग्रेस लगायत दलका नेता कार्यकर्ता तथा स्थानीयवासीले साँझ दमकको गणतन्त्र चोकमा दीप प्रज्वलन गरेका हुन् । आइतबार प्रधानमन्त्री नियुक्त भएका ओलीले आज सपथ ग्रहणपछि जिम्मेवारी सम्हालेका छन् । चौथो पटक प्रधानमन्त्री भएका ओली मुलुकको ४५ औं प्रधानमन्त्री बनेका हुन् । ...
हात्तीले झापाको बिर्तामोडका चारवटा घरमा क्षति पुर्याए

हात्तीले झापाको बिर्तामोडका चारवटा घरमा क्षति पुर्याए

झापा । झापाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । गएराति आएका चारवटा हात्तीले स्थानीय बासिन्दाका चारवटा घरमा क्षति पुर्याएका हुन् । हात्तीले घरमा क्षति पुर्याउँदा तीन लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै अन्नपातसमेत नष्ट गरेको ...
माई नदीको बाढीले झापाको सन्थाल बस्ती जोखिममा

माई नदीको बाढीले झापाको सन्थाल बस्ती जोखिममा

झापा । माई नदीमा आएको बाढीका कारण झापाको झापा गाउँपालिका–२ सुखाबथानको सन्थाल बस्ती जोखिममा परेको छ । माई नदीको कटानले सन्थाल बस्ती तीनपटक स्थानान्तरण भइसकेको छ । सुखाबथानबाट टप्पुसम्मको करिब एक हजार आठ सय मिटर तटबन्ध निर्माण गर्न सकिए सन्थाल बस्तीलाई सुरक्षित राख्न सकिने झापा गाउँपालिका–२ का वडाध्यक्ष हिमालकुमार चम्लागाईँको भनाइ छ । तटबन्ध निर्माण गर्न गाउँपालिका, जनताको तटबन्ध कार्यक्रम, गृह ...
झापामा डेंगु संक्रमितको संख्या १२३ पुग्यो

झापामा डेंगु संक्रमितको संख्या १२३ पुग्यो

झापा । झापामा डेंगु संक्रमितको संख्या १२३ पुगेको छ । काठमाडौंपछि झापामा सबैभन्दा बढी संक्रमित पाइएका हुन् । गत पुस महिनायता देशभरि १ हजार ४८३ जनामा संक्रमण पाइएकामा सबैभन्दा बढी काठमाडैंमा १६५ संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पछिल्लो समय संक्रमणको वृद्धिदर पनि तीव्र रहेको महाशाखाले जनाएको छ । असार अन्तिमसम्म आइपुग्दा मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका ७३ ...
ट्याक्टरले किचेर सहचालकको मृत्यु भएपछि भागेका चालक १९ वर्षपछि पक्राउ

ट्याक्टरले किचेर सहचालकको मृत्यु भएपछि भागेका चालक १९ वर्षपछि पक्राउ

झापा । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ का ५४ वर्षीय बन काइँलो भनेर चिनिने नरबहादुर भुजेल छन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनलाई हिजो अपराह्न घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । २०६२ फागुन ९ गते बिहान भुजेलले चलाएको मे १ त ७३७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक टेकेन्...
मापसे गरी चलाएको मोटरसाइकल दुर्घटना हुँदा झापामा एकजनाको मृत्यु

मापसे गरी चलाएको मोटरसाइकल दुर्घटना हुँदा झापामा एकजनाको मृत्यु

झापा । झापाको सीतापुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति करिब १ बजे गौरादह–१ सीतापुरीस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा दुर्घटना भएको हो । चालकले मापसे (मादक पदार्थ सेवन) गरी मोटरसाइकल चलाएकाले अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प १२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि बस्ने भारतीय नागरिक ४१ व...
भोजपुरलाई हराउँदै झापाले जित्यो प्रदेशस्तरीय फुटबलको उपाधि

भोजपुरलाई हराउँदै झापाले जित्यो प्रदेशस्तरीय फुटबलको उपाधि

खोटाङ । कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित यलम्बर रङ्गशालामा सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १-० गोलले पराजित गर्दै उपाधि जितेको हो । झापाका लागि जेनिफर रानामगरले पहिलो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरिन् । उपाधिसँगै झापाले नगद दुई लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता भोजपुरले एक लाख पुरस्कार प्राप्त गर्...
झापामा खोलामा डुबेर बालकको मृत्यु

झापामा खोलामा डुबेर बालकको मृत्यु

झापा । माईखोलामा डुबेर झापामा एक बालकको मृत्यु भएको छ । झापा गाउँपालिका–२ स्थित सानो माईखोलामा डुबेर सडकवाडी गाउँका रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकै रहेको माई खोलामा डुबेर ती बालकको आज मृत्यु भएको हो । कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
पैनीमा डुबेर झापाको बाह्रदशीका वृद्धको मृत्यु

पैनीमा डुबेर झापाको बाह्रदशीका वृद्धको मृत्यु

झापा । झापाको बाह्रदशी गाउँपालिकास्थित पैनीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–२ राजगढका ६५ वर्षीय मोहन राजवंशीको पैनीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले उनलाई डुबेको अवस्थामा देखेपछि उद्धार गरी बाहिर निकालिेका थिए । त्यसपछि उनको मृत्यु भइसकेको पाइएको थियो । उनले प्रयोग गरेको साइकल पनि सोही स्थानमा भेटिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जानका...
झापामा हात्ती आएको जानकारी मोबाइल एपबाट दिने प्रविधि जडान

झापामा हात्ती आएको जानकारी मोबाइल एपबाट दिने प्रविधि जडान

झापा । हात्ती गाउँतिर आएको सूचना अब मोबाइल एपको प्रयोगमार्फत् पाउन सकिने भएको छ । झापाको मेचीनगरमा हात्ती आगमन सूचना प्रविधि केन्द्र स्थापना गरी यस्तो व्यवस्था गरिएको हो । केन्द्रको प्रतिनिधिसभाका समामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् । मेचीनगर नगरपालिकाले जडान गरेको उक्त प्रविधिबाट हात्ती प्रभावित स्थानीय बासिन्दालाई राहत हुने जनाइएको छ । मोबाइलमा डाउनलोड गरिएको एफमार्फत् कसैले हात्ती आएको ...
प्रदेशस्तरीय महिला फुटबलः झापा र भोजपुर फाइनलमा

प्रदेशस्तरीय महिला फुटबलः झापा र भोजपुर फाइनलमा

खोटाङ । खोटाङको बुइपामा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा झापा र भोजपुरले स्थान पक्का गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा सम्पन्न सेमिफाइनल खेलमा झापाले ताप्लेजुङलाई शून्यका विरुद्ध ६ गोलले हरायो । यस्तै, भोजपुरले ओखलढुङ्गालाई शून्यका विरुद्ध दुई गोलले पराजित गरी फाइनलमा स्थापन पक्का गरेको हो । झापाकी जेनिफर रानामगर एक्लै ६ गोल ग...
काँकडभिट्टाबाट बाग्लुङ गइरहेको बस दुर्घटना

काँकडभिट्टाबाट बाग्लुङ गइरहेको बस दुर्घटना

झापा । काँकडभिट्टाबाट यात्री लिएर बाग्लुङतर्फ गइरहेको बस चितवनमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । प्र१–०१–००१ ख ४३८० नम्बरको बस चितवनको खैरहनीमा दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–८ स्थित सडकको कल्भर्टमा ठोक्किएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ । ५ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अन्य ५ जनाको बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेको जिल्ला प...
झापामा महिलालाई खुकुरी प्रहार गरी भागेका युवक पक्राउ

झापामा महिलालाई खुकुरी प्रहार गरी भागेका युवक पक्राउ

झापा । झापाको कमल गाउँपालिकाकी एक महिलालाई खुकुरी प्रहार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा कमल–६ मा डेरा गरेर बस्ने रुपेश सदा छन् । सप्तरीको राजविराज–११ घर भएका ४१ वर्षीय सदाले कमल–६ सुकुम्बासी टोलमा बस्ने ३१ वर्षीया सुमित्रा ऋषिदेवलाई खुकुरीले टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए । सिटी सफारी चलाउँदै आएका सदाल...
झापाका राई बने ‘मिस्ट कोशी च्याम्पियन’, मोरङका मगर तेस्रो

झापाका राई बने ‘मिस्ट कोशी च्याम्पियन’, मोरङका मगर तेस्रो

झापा । प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगितामा झापाका हर्कबहादुर राई पहिलो हुँदै ‘मिस्टर कोशी च्याम्पियन’ बनेका छन् । आज बिर्तामोडमा सम्पन्न प्रतियोगितामा ७० केजी तौल समूहमा सहभागिता जनाएका उनले च्याम्पियन बन्दै १ लाख ५० हजार र ट्रफी प्राप्त गरे । प्रतियोगिताको फर्स्ट रनरअप झापाका अभिजीत राजवंशी भए । उनले नगद १ लाखसहित ट्रफी पाए । यस्तै, मोरङका टंकबहादुर मगर सेकेन्ड रनरअप बने । उनले नगद ५० हजा...
बिर्तामोडमा पैनीमा डुबेर युवकको मृत्यु

बिर्तामोडमा पैनीमा डुबेर युवकको मृत्यु

झापा । झापाको बिर्तामोडमा पैनीमा डुबेर एकजना युवाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–१० इलामेली टोलका ३५ वर्षीय सुनील मुर्मूको मृत्यु भएको हो । आज अपराह्न घर नजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको उनी अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय अनारमनीको टोली परिचालन गरिएको जनाइएको छ ।
झापामा श्रीमतीको हत्या गरी युवक फरार

झापामा श्रीमतीको हत्या गरी युवक फरार

झापा । झापा जिल्लाको झापा गाउँपालिकामा एकजना युवकले श्रीमतीको हत्या गरेका छन् । झापा गाउँपालिका–३ का ३४ वर्षीय सतिसकुमार गणेशले २५ वर्षीया श्रीमती अनिशाकुमारीको हत्या गरेको प्रहरीले जनाएको छ । आज दिउँसो उनीहरुका दुईजना छोरी विद्यालयबाट घर फर्किएपछि कोठामा आमा रक्ताम्य अवस्थामा खाटमा लडिरहेको देखेर छिमेकीलाई बोलाएका थिए । छिमेकीले सूचना दिएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । अनिशा सतिसलाई छा...
बिहे गर्ने भन्दै जबरजस्ती करणी गरेको आरोपमा झापामा एकजना पक्राउ

बिहे गर्ने भन्दै जबरजस्ती करणी गरेको आरोपमा झापामा एकजना पक्राउ

  झापा । झापाको बाह्रदशीमा एकजना महिलालाई विवाह गर्ने प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एक २३ वर्षीया महिलालाई विवाह गर्ने भनेर आश्वासन दिंदै बाह्रदशी गाउँपालिका–१ का अन्सार मियाँले जबरजस्ती करणी गरेको उजुरी आएको थियो । सोही आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ल...
बाढीको पूर्वसूचना दिन झापाका जोखिमयुक्त तीन स्थानमा साइरन

बाढीको पूर्वसूचना दिन झापाका जोखिमयुक्त तीन स्थानमा साइरन

झापा । झापाका विभिन्न तीन स्थानमा बाढीको पूर्वसूचना दिने साइरन जडानको काम सुरु गरिएको छ । बाह्रदशी–१ को भागुडुब्बामा साइरन जडान कार्य सकिएको छ । उक्त साइरनले बाह्रदशीका दक्षिणी क्षेत्र, कचनकवलगायत क्षेत्रमा बाढीको पूर्वसूचना गराउने जनाइएको छ । यसैगरी झापा गाउँपालिका तथा गौरीगञ्जको कुन्जीबारीमा साइरन जडानको काम भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले साइरन ज...
एसईईमा झापाकी सर्वोत्कृष्ट छात्रालाई ओलीको बधाई

एसईईमा झापाकी सर्वोत्कृष्ट छात्रालाई ओलीको बधाई

झापा । २०८० सालको माध्यमिक विद्यालय शिक्षा परीक्षा (एसईई) मा झापाबाट सर्वोत्कृष्ट नतिजा ल्याएकी कमल गाउँपालिकाकी विद्यार्थी कुशिका बस्नेतलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । आफ्नो पेसबुक पेजमार्फत् ओलीले आज बिहान बस्नेतलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘दमककी यी नानी कुशिका बस्नेतलाई यस वर्षको एसईई परीक्षामा गृह जिल्ला झापामा प्रथम स्थान हासिल गरेकोमा बधाई छ ।’ बस्नेत ...
झापाको कमलमा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु

झापाको कमलमा मोटरसाइकल दुर्घटनाः एकजनाको मृत्यु

झापा । झापाको कमल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । केर्खाबाट दमक आइरहेको प्र–१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाइकल कुकुरसँग ठोक्किएपछि अनियन्त्रित भइ दुर्घटना भएको थियो । दुर्घटनामा पछाडि बसेका शिवसताक्षीका ४० वर्षीय नवीन आचार्य र चालक २६ वर्षीय पदम पौडेल घाइते भएका थिए । बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । अ...
झापामा लागुऔषध ओसार्ने भारतीय नागरिक पक्राउ

झापामा लागुऔषध ओसार्ने भारतीय नागरिक पक्राउ

झापा । लागुऔषधसहित झापामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध भित्र्याउन सक्रिय बनेका उनलाई प्रहरीले झापा गाउँपालिका–५ बाट पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत किसनगञ्ज जिल्ला, धनतौला ग्राम पञ्चायतका ३२ वर्षीय तनवीर आलम छन् । उनको साथबाट प्रहरीले ७ ग्राम ब्राउन सुगर, ३९ हजार नेपाली रुपैयाँ, २ सय भारतीय रुपैयाँ र एउटा मोबाइल फोन बरामद गरेको छ । ...
झापामा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

झापामा बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

झापा । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका-४ बस्ने ३४ वर्षीय लुसन तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उच्च अदालत विराटनगर, इलाम इजलासको २०८० जेठ १० गतेको फैसलाले उक्त मुद्दामा २० दिन कैद, २७ लाख रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा १ लाख ८ हजार रुपैयाँ क्षतिपूर्ति श...
झापाको भद्रपुरमा वृद्धाको हत्या, आरोपी पक्राउ

झापाको भद्रपुरमा वृद्धाको हत्या, आरोपी पक्राउ

झापा । वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–२ डिगाउँका ३५ वर्षीय राजेश तामाङलाई प्रक्राउ गरिएको हो । तामाङले हिजो दिउँसो स्थानीय ७० वर्षीया गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो सिक्कल प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा खेतबारीमा लुकीछि...
झापाको दमकमा गाडीको ठक्करले छोरीको मृत्यु, आमा घाइते

झापाको दमकमा गाडीको ठक्करले छोरीको मृत्यु, आमा घाइते

झापा । झापाको दमकमा विद्युतीय गाडी सिटीसफारीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । उनकी आमा घाइते भएकी छन् । दमक नगरपालिका–१ मा भएको दुर्घटनामा दुवैजना घाइते भएकामा उपचारका क्रममा बालिकाको मृत्यु भएको हो । प्रहरीका अनुसार श्रीपाली टोलबाट बेलडाँगीतर्फ जाँदै गरेको मे १ ह ६४०९ नम्बरको सिटी सफारीले आमाछोरीलाई ठक्कर दिएको थियो । ठक्करले काठमाडौँ घर भई हाल दमकमा डेरा बस्ने २४ वर्षीया शर्मिला लिम्बू ...
मोरङ, सुनसरी, झापा र उदयपुरमा साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

मोरङ, सुनसरी, झापा र उदयपुरमा साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

विराटनगर । सरकारले विभिन्न कामका लागि आगामी साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएको छ । प्रारम्भिक चरणमा कोशी प्रदेशका चारसहित २८ जिल्लामा यो नियम लागू हुने भएको छ । सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमा जस्ता क्षेत्रका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको हो । गत सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले पहिलो चरणमा २८ जिल्लामा लागू गर्ने जनाएको हो । पहिलो चरणमा लागू...
एसईईः झापाका दुई विद्यालयको नतिजा शून्य

एसईईः झापाका दुई विद्यालयको नतिजा शून्य

झापा । २०८० को एसईईमा झापाको झापा गाउँपालिकाका दुई सामुदायिक विद्यालयको परीक्षाफल शून्य आएको छ । एउटा विद्यालयबाट एकमात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । उक्त पालिकाका महेन्द्र मावि र जनकल्याण माविको नतिजा शून्य आएको हो । जनकल्याण माविबाट ४० जना र महेन्द्र माविबाट ३४ जनाले परीक्षा दिएका थिए । झापा गाउँपालिकामा सामुदायिक र संस्थागत गरी १२ विद्यालयका विद्यार्थीहरुले परीक्षा दिएका थिए । पालिकाभरबा...
झापामा डुबेर एकजनाको मृत्यु, एक बेपत्ता

झापामा डुबेर एकजनाको मृत्यु, एक बेपत्ता

झापा । झापाका बेग्लाबेग्लै स्थानमा डुबेर एकजनाको मृत्यु भएको छ । अर्का एकजना बेपत्ता भएका छन् । शिवसताक्षी–२ का २८ वर्षीय बुधे बेस्राको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरनजिकै खेतमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । यसैगरी, गौरीगञ्ज गाउँपालिकामा खोलामा डुबेर एकजना पुरुष बेपत्ता भएका छन् । गौरीगञ्ज–१ स्थित कमल खोलाले बगाउँदा ४...
इलाम–झापा सीमा क्षेत्रमा हात्ती मृत भेटियो

इलाम–झापा सीमा क्षेत्रमा हात्ती मृत भेटियो

इलाम । इलामको रोङ गाउँपालिका र झापा बाहुनडाँगीको सीमा क्षेत्रमा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । हात्ती मृत अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । स्थानीय गणेश अर्यालका अनुसार इलामको रोङ गाउँपालिका वडा नम्बर ५ र ६ को सीमासँग जोडिएको झापाको बाहुनडाँगीतिर हात्ती मृत अवस्थामा फेला परेको हो । के कारणले हात्ती मरेको हो भन्ने खुलेको छैन । हात्तीको शरीरमा चो...
सर्पदंश र डुबेर झापामा दुई बालबालिकाको मृत्यु

सर्पदंश र डुबेर झापामा दुई बालबालिकाको मृत्यु

झापा । झापाका बेग्लाबेग्लै स्थानमा डुबेर तथा सर्पदंशले दुई बालबालिकाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–१४ को फुलबासा खोलामा डुबेर हिजो साँझ स्थानीय बामरा सन्थालका २० महिने छोरा रिहानको मृत्यु भएको प्रहरीले जनाएको छ । खेल्न घरबाहिर निस्किएका उनी निकै बेरसम्म नआएपछि खोजी गरिएको थियो । त्यस क्रममा फुलबासा खोलामा तैरिरहेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैग...
error: Content is protected !!