
विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । उनीहरूलाई झापा र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-४ का २६ वर्षीय सन्जोग लिम्बुलाई ६ सय ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का १९ वर्षीय मिङ्सो लिम्बुलाई ९ ग्राम ३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-१ का २६ वर्षीय रुस्तम राई र धरान-१३ की भावना गुरुङलाई चार सय ९० मिलिग्राम ब्राउनसुगर र ३८ हजार आठ सय रुपैयाँ नगदसहित पक्राउ गरेको छ ।
उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।