संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ । गएराति अचानक आएको हावाहुरीले जस्तापाताको छानो भएको घर भत्काउँदा ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मगर घरमै सुतिरहेका थिए । घरको बिमले किचिरहेको देखेर स्थानीयले उद्धार गरे पनि उनको मृत्यु भइसकेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि लगिएको प्रहरीको भनाइ छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!