संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाइएको छ । आज बिहान करिब ८ः४५ बजे कनकाई नगरपालिका-४ तल्लो चाप्रामारीमा लागूऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउन्ड गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार लागूऔषध कारोबारी आउँदै गरेको भन्ने सूचना प्राप्त भएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले शरणामतीबाट सुरूङ्गातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोजेको थियो ।

Advertisement

तर प्रहरीलाई देख्न बित्तिकै मोटरसाइकल चालक झोला फालेर भागेपछि हवाइ फायर गर्नुपरेको डीएसपी खड्काले जानकारी दिए । हवाइ फायर गरिएपनि लागूऔषध कारोबारी फरार भएका खड्काले संगालोखबरलाई जानकारी दिए ।

उनले छाडेको झोलाबाट २०४.०८० ग्राम लागूऔषध बरामद भएको उनको भनाइ छ । उनको खोजी कार्य तीब्र पारिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!