संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । झापाबाट नक्कली नोट र नोट छाप्न प्रयोग गरिएको मेसिनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुमको फेदाप गाउँपालिका-५ घर भइ झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुर बस्ने २८ वर्षीय गणेश भारती छन् ।

आज उनको कोठामा प्रहरीले छापा मार्दा पाँच लाख बढी विभिन्न दरका नक्कली नोट र नोट छाप्न प्रयोग हुने मेसिन बरामद गरेको हो ।

Advertisement

हजार दरका चार लाख ७० हजार, पाँच सय दरका एक लाख ४१ हजार, एक सय दरका १९ हजार, ५० दरका ६ सय र २० दरका नोट चार वटा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!