संगालोखबर


विराटनगर । झापाको मेचीनगर नगरपालिकामा घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ संक्रमण देखापरेको छ । नगरपालिकाका अनुसार मेचीनगरको वडा २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’को संक्रमण पुष्टि भएको हो ।

पशु सेवा शाखाबाट संक्रमण नियन्त्रण र रोकथामका लागि आवश्यक परीक्षण, उपचार र सतर्कताका सात जना प्राविधिक कर्मचारी परिचालन गरिएको नगरपालिकाको भनाइ छ । संक्रमण नियन्त्रणका लागि नगरपालिकाले कोशी प्रदेश र सङ्घीय सरकारका निकायमा समेत आवश्यक सहयोग र समन्वयका लागि अनुरोध गरेको छ ।

Advertisement

पशु सेवा शाखाका अनुसार गाई र बाच्छीहरूमा ‘लम्पी स्किन’ को संक्रमण देखिएपछि किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ । गाईवस्तको जिउभरि घाउ खटिरा र ज्वरो आउने लक्षण रहेकाले किसानलाई गोठको सरसफाइका लागि फिनेल लगायतका सामग्री वितरण गरिएको छ । संक्रमित गाई र बाच्छीहरूलाई अलग्गै राखेर मल्हम लगाउने र पेनकिनर औषधि खुवाउने काम भइरहेको छ ।

मेचीनगर– ६ स्थित बबिता बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० बङ्गुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीषणबाट मरेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाले जनाएको छ । प्राविधिक टोलीले प्रभावित बङ्गुर फार्म र आसपासका क्षेत्रमा रोग फैलिन नदिन औषधोपचारसँगै सचेतनामूलक कार्य गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!