
विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-८ मा पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुखिराम टुडुको १५ महिनाकी छोरी रोसीका छन् ।
प्रहरीका अनुसार घर नजिकै रहेको धान खेतमा जमेको पानीमा डुबेको अवस्थामा नाबालिका मृत फेला परेकी थिइन् ।
इलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाएको छ ।