बिहे गर्ने भन्दै जबरजस्ती करणी गरेको आरोपमा झापामा एकजना पक्राउ
झापा । झापाको बाह्रदशीमा एकजना महिलालाई विवाह गर्ने प्रलोभन देखाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एक २३ वर्षीया महिलालाई विवाह गर्ने भनेर आश्वासन दिंदै बाह्रदशी गाउँपालिका–१ का अन्सार मियाँले जबरजस्ती करणी गरेको उजुरी आएको थियो । सोही आधारमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ल...






























